5 years ago
October 9, 2020
एजेन्सी – कप्तान लियोनेल मेस्सीको पेनाल्टी गोलसँगै अर्जेन्टिनाले विश्वकप छनोटको पहिलो खेलमा विजयी सुरुवात गरेको छ । अर्जेन्टिनाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

खेलको १३ अौं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । इक्वेडरका पेर्भीस इस्टुनपियनले लुकास अोकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । २० अौं मिनेटमा लौटारो मार्टिनेजको पासमा मेस्सीको प्रहार डिफ्लेक्ट हुँदै बाहिरियो ।
दोस्रो हाफको ४८अौं मिनेटमा मार्टिनेजको पासमा अोकाम्पसको प्रहार गोलरक्षक एलेक्जेन्डर डोमिन्गेजले बचाए । ७३ अौं मिनेटमा मेस्सीको क्रसमा एडुआर्डो साल्भियोको हेडर पोस्टभन्दा बाहिरियो । इन्ज्युरी समयको चौथो मिनेटमा रोड्रिगो डे पल चुक्दा अर्जेन्टिना १-० मै चित्त बुझाउन बाध्य भयो ।
विश्वकप छनोट अन्तर्गत अर्को खेलमा पाराग्वे र पेरुले २-२ को बराबरी खेले । उरुग्वेले चिलीलाई २-१ ले पराजित गर्यो । उरुग्वेको जितमा लुइस सुआरेज र म्याक्सी गोमेजले १-१ गोल गरे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]