5 years ago
October 9, 2020
एजेन्सी – युवा फरवार्ड एर्लीङ हालान्डले अपेक्षित प्रदर्शन गर्न नसक्दा नर्वेको युरोपेली च्याम्पियनसिप खेल्ने आशा समाप्त भएको छ ।

बिहीबार भएको प्लेअफ खेलमा सर्बियाले अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गर्दै छनोट प्लेअफको फाइनलमा स्थान पक्का गरेको हो । सर्बियाको जितमा दुवै गोल इटालियन क्लब लाजियोबाट खेल्दै आएका मिडफिल्डर सर्गे मिलिन्कोभिच साभिचले गरे । नर्वेका माथिआस नोर्मनले गोल गरेका थिए ।
सर्बियाका लागि सर्गेले खेलको ८२ औं मिनेटमा गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । तर नोर्मनले खेलको २ मिनेट बाँकी हुँदा गोल गरेपछि अतिरिक्त समयमा खेल लम्बिएको थियो । अतिरिक्त समयको १ सय २ औं मिनेटमा सर्गेले पेनाल्टी क्षेत्र भित्रबाट चिप सटमा गोल गर्दै सर्बियालाई युरोपेली छनोटबाट एक कदम नजिक पुर्याए ।

सर्बियाले अब प्लेअफको फाइनलमा स्कटल्यान्डको सामना गर्नेछ । सक्टल्यान्डले इजरायललाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । अर्को प्लेअफ फाइनलमा आइसल्याण्ड र हंगेरीले खेल्नेछन् । आइसल्याण्डलले रोमानियालाई २-१ ले पराजित गर्दा हंगेरीले बुल्गेरियामाथि ३-१ को जित दर्ता गर्यो ।

उत्तरी आयरल्यान्डले पेनाल्टी सुटआउटमा बोस्निया हर्जगोभिनालाई १-१ को बराबरीपछि ४-३ ले पराजित गर्यो । स्लोभाकिया र आयरल्याण्डको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा स्लोभाकिया ४-२ ले विजयी भयो । अब युरोमा स्थानका लागि उत्तरी आयरल्याण्ड र स्लोभाकिया खेल्नेछन् ।
अन्तिम प्लेअफ फाइनलमा उत्तरी म्यासेडोनिया र जर्जिया खेल्नेछन् । म्यासेडोनियाले कोसोभोलाई २-१ ले हरायो । जर्जियाले बेलारुको चुनौती १-० ले पछि पार्दै युरो छनोटनजिक पुगेको हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]