5 years ago
October 9, 2020
एजेन्सी – सुपर स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको मडेइरास्थित घरमा चोरी भएको छ । शुक्रबार चोरले रोनाल्डोको घरबाट आश्चर्यजनक वस्तु लिन खोजेको बताइएको छ ।

रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चोरी भएको उल्लेख गरिएको छ । पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनी घरेलु कामदारले ढोका खोले जस्तै ग्यारेजबाट घर भित्र पसेका थिए । प्रहरीले सिसी टिभिमार्फत चोरको पहिचान भइसकेको बताएको छ । उनले रोनाल्डोका बेसबल टोपी समातेको पनि फुटेजमा देखिएको थियो ।
त्यो त्यहि घर हो जहाँ रोनाल्डो र उनको परिवारले बिदा मनाउने गरेको छ । कोरोना भाइरस कारण इटालियन सिरि ए विश्राम हुँदा रोनाल्डो, उनकी प्रेमिका र ४ बच्चाले त्यहि केहि समय बिताएका थिए ।
सात तलाको उनको घरमा ओलम्पिक आकारका दुई पौडी पोखरी र फुटबल मैदान पनि रहेको बताइएको छ । त्यो घरमा रोनाल्डोका आमा र भाई बस्दै आएका छन् ।
चोरीको समयमा उनीहरु घरमा भए नभएको खुलाइएको छैन । रोनाल्डो स्पेनसँगको मैत्रीपूर्ण खेलका लागि यहि साता स्वदेश फर्केका थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]