default_image

5 years ago

October 9, 2020

रियल म्याड्रिडबाट खेल्ने पोग्बाको चाहना

203 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्बाले स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने सपना रहेको बताएका छन् ।

विश्व विजेता फ्रान्सका २७ वर्षिय आक्रामक मिडफिल्डर पोग्बा लामो समयदेखि म्याड्रिडसँग जोडिएपनि उनीहरुबीच सहमति हुन सकेको छैन । पोग्वा २०१६ मा इटालियन क्लब युभेटन्सबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ८९ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए ।
त्यसपछि पोग्वालाई स्पेनिस क्लब रियलले अनबुन्धको लागि चासो देखाएपनि पोग्वाको चोटका कारण छलफल अघि बढ्न सकेको थिएन ।

युनाइटेडमा पोग्बाको सम्झौता अर्काे सिजनको समरमा सकिदैछ । सम्झौता अवधि १० महिना मात्रै बाँकी रहँदा सम्झौता नविकरणको विषयमा कुनै छलफल अघि नबढेको पोग्बाले बताएका छन् । तर, युनाइटेडले आफ्नो स्टार पोग्बालाई २०२२ सम्म राख्न सक्नेछ ।

‘मलाई कसैले केही भनेको छैन । मैले पनि केही कुरा गरेको छैन । हामीले नयाँ सम्झौताको विषयमा कुरा गरेका छैननौं,’ उनले फ्रान्सेली राष्ट्रिय टिमको पत्रकार सम्मेलनमा भने, ‘अहिलेको अवस्थामा म युनाइटेडमा छु । म आफ्नो उत्कृष्ट फर्मलाई फिर्ता ल्याउन केन्द्रित छु । ‘मलाई लाग्छ, त्यस्तो समय आउनेछ । जब क्लबले कुरा गर्नेछ । हुन सक्छ मलाई केही प्रस्ताव गर्नेछ । वा नगर्न पनि सक्छ ।’

पोग्बाले सबै फुटबलर रियल म्याड्रिडबाट खेल्न मन पराउने र अहिले युनाइटेडबाट खेलिरहेको र यही नै रमाइलो क्षण व्यतित गरिरहेको बताएका छन् ।

युनाइटेडले नयाँ सिजनमा खराब सुरुवात गर्दा पोग्बाले सुरुवाती तीनै खेलमा मौका पाएका छन् ।
तीन खेलमा युनाइटेडले पहिलो खेलमा मात्र जित निकालेको छ । लिगको पछिल्लो खेलमा युनाइटेडले टोटेनहम हट्स्परसँग ६–१ को लज्जास्पद हार बेहोरेको थियो ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.