5 years ago
October 9, 2020
एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ गुमाउने सम्भावना बढेको छ ।

३९ वर्षीय भेट्रान फरवार्डलाई पुनः कोरोना संक्रमण पुष्टि भएपछि मिलान डर्वीको खेल गुमाउने सम्भावना बढेको हो । अब उनी कम्तीमा पनि १४ दिन सेल्फ आइसोलसनमा बस्नुपर्ने हुन्छ । मिलानले घरेलु मैदान सानसिरोमा १७ अक्टोबरमा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।
ज्लाटनलाई २४ सेप्टेम्बरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोनामुक्त हुदै मिलानको प्रशिक्षण क्याम्पमा जोडिएका इब्राहिमोभिचलाई बिहीबार राति पुनः कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै डिफेन्डर लियो डुआर्टेलाई पनि कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएसँगै ज्लाटन घरमै सेल्फ आइसोलेसनमा रहँदै प्रशिक्षणलाई जारी राखेका थिए । उनले मिलानको सुरुवाती चार बोडो ग्लिम्टि, क्रोटोन, रियो एभे र स्पेजियाविरुद्धको खेल गुमाइसकेका छन् । उनले सिरी ‘ए’ को पहिलो खेलमा बोलोग्नाविरुद्ध दुई गोल गरेका थिए ।
उत्कृष्ट सुरुवात गरेको मिलानले सिरी एको सुरुवाती तीन खेलमा जित हात पार्दै ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ९ अंक रहेपनि गोलअन्तरमा एटलान्टा अघि छ । यस्तै मिलानले युरोपा लिगको छनोटको दुई खेलमा सफल आत पार्दै युरोपा लिगमा समेत स्थान बनाउन सफल भएको छ ।
ज्लाटनले यसै समरमा एक वर्षको लागि सम्झौता नविकरण गरेका छन् । उनी गत जनवरीमा ६ महिनाको लागि अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीबाट मिलान आएका थिए । तर, उनले मिलानमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।
जनवरीयता इब्राहिमोभिचले मिलानका लागि २२ खेलमा १४ गोल गर्दा यो सिजन २ खेलमा ३ गोल गरिसकेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]