5 years ago
October 11, 2020
एजेन्सी– बार्सिलोना छोड्नु परेपछिको पीडादायी क्षणका बारेमा लुइस सुआरेजले अनुभव सुनाएका छन् । प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा नरहेको सुनाएपछि उरुग्वेली फरवार्डले एट्लेटिको म्याड्रिड जाने निर्णय लिएका थिए ।

‘त्यहाँ मिश्रित खालको अनुभव थियो, जसका कारण कठिन भयो’, उरुग्वेको विश्वकप छनोटका दौरानमा रहेका उनले भने, ‘मलाई थाहा छैन । सहर छाडेर जानुपर्ने अवस्थामा श्रीमती, बच्चाहरु निराश हुन्थे । ६ वर्ष एकै ठाँउमा रहँदा आद हुन्छ । त्यसमाथि बार्सिलोना जस्तो क्लब छाड्न सहज थिएन ।’
सहर फरक भएपनि स्पेनको जीवन शैली मिल्ने भएकाले उनी एट्लेटिको लागि तयार भएको बताएका छन् । ‘क्लबले मलाई नयाँ ढंगको सुरुवात गर्ने बताएको थियो । एउटा चक्रको अन्त्य भएको थियो’, उनले भने, ‘मैले एक दिन रोएर बिताए । कारण मैले त्यहाँको माहोलमा निकै रमाएको थिए । डेब्यूदेखि ६ वर्षमा त्यहाँ थुप्रै अविष्मरणीय छन् ।’
सुआरेज युभेन्ट्स जाने चर्चा पनि चलेको थियो । तर, स्पेनमा विकल्प हुँदा परिवारका लागि त्यहि राम्रो हुने उनको विश्वास थियो । ‘उनीहरु म फेरि पनि खुसी भएको देख्न चाहन्थे । बार्सिलोनाको २२ जनाको अभ्यासमा म परिन’, उनले स्मरण गरे,’म निराश भएको श्रीमतीले देखेकी थिइन । म टाउको झुकाएर बसेको थिए । उनी फेरि मैदानमा खुसी भएको उनी हेर्न चाहान्थिन । उनले नै मलाई एट्लेटिको जाने निर्णय लिन सहज बनाइन् । त्यसपछि मैले सेकन्ड पनि सोचिन ।’
लिओनल मेस्सीले आफ्नो बर्हिगमनमा क्लब व्यवस्थापनको आलोचना गरेको बारेमा आफुलाई जानकारी भएको बताएका छन् । त्यसले आफुलाई भने आश्चार्यमा नपारेको उनले सुनाए । उनलाई लागि पनि यो निराशाजनक समय थियो । मैदान भित्र र बाहिर पनि मेस्सी र सुआरेजबीच राम्रो सम्बन्ध थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]