default_image

5 years ago

October 10, 2020

विश्वकप छनोटमा कोलम्वियाको सानदार जित

150 views

0 Bookmark

एजेन्सी – सन् २०२२ मा कतारमा आयोजना हुने कतार विश्वकपको दक्षिण अमेरिकी स्तरको विश्वकप छनोटको पहिलो खेलमा कोलम्वियाले सानदार जित हात पारेको छ ।

शनिबार बिहान भएको खेलमा घरेलु टोली कोलम्वियाले भेनेजुएलामाथि ३–० को सहज जित निकालेको हो । कोलम्वियाको जितमा लुइस मुरिएलले दुई तथा डुभान जापटाले एक गोल थपे । पहिलो हाफमा गरेको तीन गोल नै कोलम्वियाको जितमा पर्याप्त बन्यो ।

खेलको १६औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा जुवान क्वाडराडोले क्रस गरेको बललाई डुभान जापटाले क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए । २६औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पारे । जोहान मोजिकाको क्रस विपक्षी खेलाडीलाई डिफ्लेक्ट हुदै आएको बललाई अनमार्क रहेका मुरिएलको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले रोक्ने कुनै मौक नै पाएनन् ।

३३औं मिनेटमा जेफर्सन साभारिनोको प्रहारलाई डिफेन्डरले ब्लक गर्दै भेनेजुएलाको गोलअन्तर बढ्न दिएनन् । ३५औं मिनेटमा रोबर्टाे रोसेल्सको प्रहारलाई कोलम्वियाका गोलरक्षक क्यामिलो भर्गासले बचाएपछि भेनेजुएला अग्रता कम गर्नबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक क्यामिलोले दिएको पासमा लुइस मुरिएललले काउन्टर अट्याकमा बल एक्लै अघि बढाउदै गोल गर्न सफल भएपछि कोलम्वियाले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो ।

५०औं मिनेटमा भेनेजुएलाका डार्विन माचिसको प्रहार बाहिरियो । ५५औं मिनेटमा रोनाल्ड हर्नान्डेजको प्रहारलाई गोलरक्षक क्यामिलो भर्गासले बचाउदै कोलम्वियाको अग्रता कायमै राखे । ७२औं मिनेटमा कप्तान हामेस रोड्रिग्वेजको पासमा सब्सिच्युट फ्रान्क फाब्राको प्रहार बाहिरिंदा कोलम्वियाले अग्रता बढाउने अवसर खेर फाल्यो ।

७६औं मिनेटमा राडामेल फल्काहोको प्रहारलाई भेनेजुएलाका गोलरक्षक वुइल्कर फारिनेजले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा कोलम्विया ३–० ले विजयी हुन सफल भयो ।
जितसँगै कोलम्वियाले एक खेलबाट ३ अंक जोडेको छ । भेनजुएलाले अंक जोड्न सकेको छैन ।

विश्वकप छनोटमा दक्षिण अमेरिकाको १० राष्ट्रको सहभागिता रहेको छ । बिहीबारको खेलमा अर्जेन्टिना र उरुग्वेले जित दर्ता गरेका थिए । शीर्ष चार टोलीले विश्वकपमा स्थान पक्का गर्दा पाँचौ स्थानमा रहने टोलीले प्ले अफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.