5 years ago
October 10, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलहरु आज (शनिबार) देखि सुरु हुँदैछ । तेस्रो राउन्डको पहिलो दिन विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

घरेलु मैदानमा स्पेनले स्वीट्जरल्यान्डको सामना गर्दा जर्मनीले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । स्पेन र स्वीट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा राति १२ः३० बजे हुनेछ ।
नेसन्स लिग ‘ए’ को ४ मा रहेको स्पेन स्वीट्जरल्यान्डलाई पराजित गर्दै शीर्षस्थानमा बलियो पकड बनाउने योजनामा हुनेछ । स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युवा र अनुभवी खेलाडी मिश्रित स्पेनसँग युवा खेलाडी अन्सु फातीदेखि अनुभवी सर्जियो रामोसजस्ता खेलाडीको साथ रहेको छ ।
अन्सुु फातीसँगै जेरार्ड मोरेनो र एडमा ट्राओरेले स्पेनको अग्रपङ्ति सम्हाल्दा रोड्री, सर्जियो बुस्क्वेट्स, मिकेल मेरिनोले मिडफिल्ड सम्हाल्नेछन् । डिफेन्समा कप्तान रामोससँगै जेसस नाभास, पोउ टोरेस, ड्यानियल सेवालोस, जोस गाया रहँदा डेभिड हे गेयाले गोलपोस्ट सम्हाल्ने सम्भावना छ ।
यता, स्वीट्जरल्यान्ड पनि स्पेनलाई उसकै मैदानमा पराजित गर्दै ३ अंक बटुलेर अंक तालिका सुधार गर्दै अर्काे चरणमा पुग्ने योजनामा हुनेछ । स्वीट्जरल्यान्ड दुई खेलबाट १ अंक जोडेर पुछारमा छ ।
कोरोना संक्रमणमुक्त भएका मिडफिल्डर जद्रान शाकिरीले टोलीमा पूनरागमन गर्नेछन् ।

यस्तै स्वीट्जरल्यान्डसँग रुवेन भार्गस, मारियो गाभरानोभिक, ग्रानिट झाँका, हरिस सेफेरोकि, लोरिस बेनिटो, रिकार्डाे रोड्रिग्वेज र यान सोम्मेर रहनेछन् ।
यि दुई टोली सहालसम्म एक पटक प्रतिस्पर्धा गर्दा खेल १–१ गोलको बराबरीमा सकिएको छ । यि दुई टोलीले २०१८ जुनमा मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए । नेसन्स लिग अघिको मैत्रीपुर्ण खेलमा स्पेन पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिदा स्वीट्जरल्यान्डले क्रोएसियासँग २–१ को हार बेहोरेको थियो ।
अन्य खेल
ग्रुप ‘ए’ – ४
युक्रेनविरुद्ध जर्मनी (राति १२ः३० बजे)
ग्रुप ‘सी’ – १
लक्जेमवर्गविरुद्ध साइप्रस (साँझ ६ः४५ बजे)
मोन्टेनेग्रोविरुद्ध अजरवैजान (साँझ ६ः४५ बजे)
ग्रुप ‘डी’ – १
फारोइ आइल्यान्डविरुद्ध लात्भिया (राति ९ः४५ बजे)
ग्रुप ‘डी’ – २
लिचेस्टानइनविरुद्ध जिब्राल्टार (राति ९ः४५ बजे)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]