default_image

5 years ago

October 10, 2020

बार्सिलोनामा जम्न नसकेका ग्रिजमन

160 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली स्टार एन्टोइन ग्रिजमन गत सिजन बार्सिलोनामा आबद्ध भएका थिए । उनीबाट क्लबले उच्च प्रदर्शनको अपेक्षा गरेको थियो । तर, लिओनल मेस्सी,लुइस सुआरेज जस्ता स्टारहरुको अगाडि खासै सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

ला लिगाको नयाँ सिजन सुरु भइसकेको छ । यसबीचमा सुआरेज बार्सिलोना छाडेर एट्लेटिको म्याड्रिड पुगिसकेका छन् । बार्सिलोनाले पनि नयाँ सिजनमा ३ खेल खेलिसकेको छ । सबैमा ग्रिजमनले पहिलो रोजाईमा खेल्ने मौका पाएका छन् ।

तर, उनीबाट यो सिजनका ३ तीनमा पनि माथिल्लो स्तरको प्रदर्शन हुन नसकेको भन्दै टिप्पणी हुन थालेको छ । बार्सिलोनाले एट्लेटिका पूर्व स्टारसँग सम्झौता गर्न ठिक थियो थिएन भन्ने बहस सुरु भएको छ ।

उत्कृष्ट खेलाडीले एकअर्कालाई राम्ररी बुझ्न सक्छन् । तर, एकै पटकसँगै एउटै पोजिसनमा भने खेल्न सम्भव हुँदैन । ग्रिजमनलाई भित्राउन बार्सिलोनाले १ सय २० मिलियन युरो खर्चेको थियो । सोही पोसिजनमा विश्वकै उत्कृष्ट खेलाडी मेस्सी पहिले नै टोलीमा हुँदा ग्रिजमनलाई लिन हुन्थ्यो हुन्थेन भन्ने बहसमा पनि छ ।

अघिल्लो सिजन बार्सिलोनामा ग्रिजमनका लागि सहज थिएन । अहिले पनि सहज भएको देखिएको छैन । ४८ खेलमा ग्रिजमनले १५ गोल मात्र गर्न सकेका थिए । मेस्सी र सुआरेजसँग खेल्दा पनि ग्रिजमनको उनीहरुको समन्वय हुदैन थियो । उनले विङ्समा खासै प्रभाव जमाउन सकेनन् ।

विश्वकप विजेता फ्रान्सले यो सिजन पनि राम्रो प्रदर्शन गरिरहेको छ । फ्रान्सेली टोलीमा ग्रिजमन सेन्टरबाट खेल्ने गरेका छन् । फ्रान्सेली टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले ग्रिजमनलाई विङ्समा खेलाउँदै आएकोमा आलोचना गरेका छन् । सेभिल्लाविरुद्धको खेलमा ग्रिजमनले गोलका लागि दुई स्पष्ट मौका पाउँदा गोल गर्न सकेनन् । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

डेसच्याम्पस्ले ग्रिजमन बार्सिलोनामा खुसी नरहेको बताएका थिए । आफ्नो टिप्पणी कोम्यानलाई मन पर्न नसक्ने उल्लेख गर्दै डेसच्याम्प्स्ले भने, ‘उनलाई राइट विङ्समा खेलाएका छन् । तर किन उनलाई त्यहाँ खेलाइएको मैले बुझेको छैन ।’

आफ्ना विषयमा जस्ता टिप्पणी भएपनि ग्रिजमनले भने मुख खोलेका छैनन् । गत सिजनको अन्त्यतिर मेस्सीले क्लब छाड्ने सम्भावना बढेको थियो । तर अन्ततः उनी क्लबमै बसे । जसले ग्रिजमले सेन्टरमा मौका पाउने सम्भावना कम छ । सुआरेजको बर्हिगमनले ग्रिजमनलाई सहज हुने अनुमान गरिएका व्यवहारमा त्यस्तो देखिएको छैन ।

यदि कोम्यानले ग्रिजमलाई उनको वास्तविक पोजिसन सेकेन्ड स्ट्राइकरका रुपमा प्रयोग गरेनन् भने एट्लेटिकोमा जस्तै प्रदर्शन गर्न कठिन हुनेछ । अर्को वर्ष मेस्सी र ग्रिजमनमध्ये एकले क्लब छाडेको खण्डमा अहिलेको समस्या समाधान हुन सक्छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.