5 years ago
October 10, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो चरणको खेलमा आज राति जर्मनीले युक्रेनसँग प्रतिस्पर्धा गर्दैछ । खेल युक्रेनको मैदान किभमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ ।

जर्मनी युक्रेनलाई उसकै मैदानमा पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । जर्मनी दुई खेलबाट २ अंक जोडेर लिग ‘ए’ ४ को तेस्रो स्थानमा रहेको छ । युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्पेन ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
टर्कीसँग ३–३ गोलको बराबरीमा रोकिएको मैत्रीपुर्ण खेल गुमाएका टिमो वेर्नरले जर्मनीको टोलीमा पूनरागमन गर्ने सम्भावना छ । यस्तै जर्मनीसँग काई हाभर्टज, जुलियन ड्राक्सलर, सर्ज जिनाब्री, रोविन गोसेन्स, योसुवा किम्मिख, एन्टेनियो रुडिगर, निकलस सुल, इम्री क्यान, जुलियन ब्रान्ड, लियोन गोरेट्जका, रोविन कोच र कप्तान तथा गोलरक्षक म्यानुयल नोयर रहनेछन् । टोनी क्रुसले चोटबाट पूनरागमन गर्न सक्नेछन् ।
यस्तै युक्रेन घरेलु मैदानमा जर्मनीलाई पराजित गर्ने लक्ष्यमा नै हुनेछ । मैत्रीपुर्ण खेलमा विश्वविजेता फ्रान्ससँग बेहोरेको ७–१ को हारलाई बिर्साउने प्रयासमा युक्रेन रहनेछ । युक्रेनसँग रोमन यारेम्चुक, भिक्टोर, रुस्लान मालिनोभ्स्की, एन्ड्रि यार्माेलेन्को, भिटाली माइकोलेन्को, इगर प्लास्टन र गोलरक्षक जर्ज बुस्चनको साथ रहेको छ ।
यि दुई टोली हालसम्म दुई पटक प्रतिस्पर्धा हुदा १ खेल जर्मनीले आफ्नो पक्षमा पार्दा एक खेल ३–२ गोलको बराबरीमा सकिएको छ । यि दुई टोली पछिल्लोपटक २०१६ को युरोकपको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा जर्मनी २–० ले विजयी भएको थियो ।
यही समूहको अर्काे खेलमा आज राति नै स्पेन र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुदैछ । खेल म्याड्रिडमा राति १२ः३० बजे हुनेछ ।
अन्य खेल
ग्रुप ‘ए’ – ४
स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः३० बजे)
ग्रुप ‘सी’ – १
लक्जेमवर्गविरुद्ध साइप्रस (साँझ ६ः४५ बजे)
मोन्टेनेग्रोविरुद्ध अजरवैजान (साँझ ६ः४५ बजे)
ग्रुप ‘डी’ – १
फारोइ आइल्यान्डविरुद्ध लात्भिया (राति ९ः४५ बजे)
ग्रुप ‘डी’ – २
लिचेस्टानइनविरुद्ध जिब्राल्टार (राति ९ः४५ बजे)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]