default_image

5 years ago

October 11, 2020

रासफोर्डलाई प्रतिष्ठित ‘एमबिई’ अवार्ड

95 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड मार्कुस रासफोर्डले इंग्ल्यान्डको प्रतिष्ठित ‘अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीई) अवार्ड प्राप्त गरेका छन् ।

विश्वव्यापी बनेको कोरोना भाइरसको महामारीको समयमा आर्थिक अवस्था कमजोर भएको बालबालिकालाई गरेको सहयोगको कदर गर्दै एमबीई अवार्ड प्रदान गरेका हुन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका २२ वर्षीय फरवार्डले कोरोना महामारीको समय स्कुले बालबालिकालाई निशुल्क खाना खुवाउने अभियान चलाएका थिए ।

जसको कदरमा बेलायती महारानी एलिजाबेथले एमबीई अवार्डको लिस्टमा रासफोर्डलाई राखेकी थिइन् । रासफोर्डको अभियानलाई बेलायत सरकारले समेत समर्थन गरेको थियो । रासफोर्डले चलाएको अभियानले १.३ मिलियन कमजोर आर्थिक अवस्था भएको बालबालिकालाई निशुल्क खाना दिइएको थियो ।

‘अविश्वसनीय सम्मानबाट सम्मानित भएको छु । काला जातिको रूपमा मैले एमबीई पाउने कहिल्यै सोचेको थिइन,’ २२ वर्षे रासफोर्डले भन, ‘म एमबीई स्वीकार्ने छु । यो मेरो र मेरो परिवारको लागि एकदम विशेष क्षण हो । तर विशेष गरी मेरो आमा यो सम्मानको योग्य हुनुहुन्छ ।’

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.