5 years ago
October 11, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्यान्डमाथि झिनो जित निकालेको छ । स्पेनले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई १–० ले हराएको हो ।

अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा शनिबार राति भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गरेका थिए । गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए ।
त्यसअघि सोही मुभ बन्नु अघि स्पेनले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता नै गरेन । १२औं मिनेटमा सिल्भान वेडमेरको क्रसमा लोरिस बेनिटोको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले बचाउदै स्वीट्जरल्यान्डको अग्रता टारेका थिए ।

२९औं मिनेटमा जेसस नाभासको क्रसमा फेरान टोरेसको प्रहारलाई गोलरक्षक सोम्मेरले उत्कृष्ट बचाउ गरेपछि स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । ५३औं मिनेटमा गोलरक्षक सोम्मेरले अर्काे गल्ती गरेपनि यसपटक ओयरजावालले सदुपयोग गर्न सकेन ।
५५औं मिनेटमा स्वीट्जरल्यान्ड बराबरीबाट चुक्यो । एडमिर मेमेडीको प्रहारलाई गोलरक्षक गेयाले सहजै नियन्त्रणमा लिए । ६१औं मिनेटमा मिकेल मेरिनोको प्रहार सदुपयोग हुन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेनले १–० का जित निकाल्न सफल भयो ।

जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ खेलबाटै जर्मनीको ५ अंक पुगेको छ । युक्रेनको ३ तथा पराजित स्वीट्जरल्यान्डको १ अंक छ । अब चौथो चरणमा स्पेनले युक्रेनको तथा स्वीट्जरल्यान्डले जर्मनीको सामना गर्नेछ ।
अन्य नतिजा
ग्रुप ‘ए’ – ४
युक्रेनविरुद्ध जर्मनी (१–२)
ग्रुप ‘सी’ – १
लक्जेमवर्गविरुद्ध साइप्रस (२–०)
मोन्टेनेग्रोविरुद्ध अजरवैजान (२–०)
ग्रुप ‘डी’ – १
फारोइ आइल्यान्डविरुद्ध लात्भिया (१–१)
ग्रुप ‘डी’ – २
लिचेस्टानइनविरुद्ध जिब्राल्टार (०–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]