5 years ago
October 11, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलमा युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै जर्मनीले नेसन्स लिगमा पहिलो जित निकालेको हो ।

जर्मनीले नेसन्स लिगको सुरुवाती दुई खेलमा स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेका थिए । जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गर्दा युक्रेनका रुस्लान मालिनोभ्स्कीले गोल गरेपनि हार टार्न सकेन ।
जितसँगै लिग ‘ए’ को ४ मा रहेको अपराजित जर्मनीले युक्रेनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । जर्मनीको ३ खेलबाट ५ अंक पुगेको छ । समान खेलबाटै युक्रेनको ३ अंक छ । शीर्षस्थानमा रहेको स्पेनको ७ तथा स्वीट्जरल्यान्डको १ अंक छ ।

एनएसके किभमा शनिबार राति भएको खेलमा पाुहना टोली जर्मनीले खेलको २०औं मिनेटमा डिफेन्डर म्याथिएस जिन्टरको गोलबाट खेलमा अग्रता लिएको थियो । योसुवा किम्मिखको क्रसलाई निकलस सुलले फ्लिक गरेको बललाई अर्का डिफेन्डर एन्टेनियो रुडिगरले नियन्त्रण लिदै गरेको क्रसलाई गिन्टरले गोलमा परिणत गरेका थिए ।
त्यसअघि खेलको पाँचौ मिनेटमा सर्ज जिनाब्रीको २० यार्ड टाढाको प्रहारलाई युक्रेनका गोलरक्षक जर्ज बुस्चनले मुस्किलले नियन्त्रणमा लिएका थिए । ३१औं मिनेटमा योसुवा किम्मिखको प्रहारलाई बुस्चनले उत्कृष्ट बचाउ गर्दै दोब्बर अग्रता टारे । ३५औं मिनेटमा सर्ज जिनाब्रीको हेडरलाई गोलरक्षक बुस्चनले अर्काे उत्कृष्ट बचाउ गरे ।
४३औं मिनेटमा टोनी क्रुसको प्रहार पोस्टबाट थोरै बाहिरिदा जर्मनीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा युक्रेनले कुनै पनि समय जर्मनीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । दोस्रो हाफको शुरुमै जर्मनीले अग्रता दोब्बर पार्यो ।
४९औं मिनेटमा लियोन गोरेट्जकाले गोलरक्षक बुस्चनको गल्तीमा गोल गर्न सफल भएका थिए । लुकास क्लोसटमानको क्रसलाई गोलरक्षक बुस्चनले सहजै नियन्त्रणमा लिएर पनि फुस्काएपछि गोरेट्जकाले गोल गर्न सफल भएका थिए । लगत्तै ५०औं मिनेटमा बुस्चनले जुलियन ड्राक्सलरको प्रहारलाई उत्कृष्ट बचाउ गरे ।
५७औं मिनेटमा ड्राक्सलरको दुई प्रहारमा बुस्चन नै बाधक बने । ६०औं मिनेटमा युक्रेनका रस्लान मालिनोभ्स्कीको प्रयासले कप्तान तथा गोलरक्षक म्यानुयल नोयरलाई दवाव सिर्जना भएन । ७६औं मिनेटमा युक्रेनले पेनाल्टीमार्फत गोल गर्दै गोलअन्तर २–१ मा झार्यो ।
निकलस सुलले पेनाल्टी बक्समा रोमन यारेमचुकलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रुस्लान मालिनोभ्स्कीले गोल गरे । नोयरले सही दिशा दिएपनि बचाउन सकेन । ८२औं मिनेटमा जिनाब्रीको प्रहारलाई बुस्चनले अर्काे उत्कृष्ट बचाउ गरे ।
अन्य नतिजा
ग्रुप ‘ए’ – ४
स्पेनविरुद्ध स्वीट्जरल्यान्ड (१–०)
ग्रुप ‘सी’ – १
लक्जेमवर्गविरुद्ध साइप्रस (२–०)
मोन्टेनेग्रोविरुद्ध अजरवैजान (२–०)
ग्रुप ‘डी’ – १
फारोइ आइल्यान्डविरुद्ध लात्भिया (१–१)
ग्रुप ‘डी’ – २
लिचेस्टानइनविरुद्ध जिब्राल्टार (०–१)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]