5 years ago
October 11, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन यसै सिजनको ट्रान्सफर विन्डोमा अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायमी पुगेका हुन् । उनीसँगै सहोदर दाइ फेडेरिको हिगुआइन पनि इन्टर आउने भएका छन् ।

हाल एमएलएसकै डिसी युनाइटेडबाट खेलिरहेका हिगुआइन इन्टर आउने सम्झौता पूरा भइसकेको छ । एमएलएसका अनुसार एकै क्लबमा दाजुभाइ खेलेको यो १८ औं पटक हो । ३५ वर्षीय फेडेरिकोले गत वर्ष मात्र कोलम्बस क्रु छाडेका थिए । उनी डिसीमा प्रशिक्षक र खेलाडीको दोहोरो भूमिकामा रहेका थिए ।
डेविड बेकह्यामको स्वामित्वमा रहेको इन्टरले यस सिजन ठूला नामलाई भित्र्याएको छ । ३२ वर्षीय फरवार्ड हिगुआइन आएसँगै युभेन्टसबाट नै मिडफिल्डर ब्लेस माटूइडी पनि मायमी आएका थिए । इन्टरले युरोपेली फुटबलका अन्य खेलाडीलाई पनि अनुबन्ध गर्ने प्रयास गरेको थियो । पहिलो सिजनमा नै बेकह्यामको टोली सफलताको लागि प्रयासरत छ ।
पछिल्लोपटक हिगुआइन दाजुभाइले अर्जेन्टिनी क्लब रिभर प्लेटबाट खेलेका थिए । झन्डै डेढ दशकअघि अर्जेन्टिनी लिगमा सँगै खेलेका दाजुभाइ अहिले अमेरिकी लिगमा सँगै छन् । फेडेरिकोले एमएलएसमा २ सय १७ खेल खेल्दै ६१ गोल र ६८ असिस्ट प्रदान गरेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]