5 years ago
October 10, 2020
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तारा कोरोनामुक्त भएका छन् । सेप्टेम्वर अन्तिमसाता कोरोना संक्रमण भएका उनले १० दिन बढीको सेल्फ आइसोलेसन बसाईपछि कोरोनामुक्त भएका हुन् ।

लिभरपुलले २९ वर्षीय थियागो कोरोनामुक्त भएको पुष्टि गरेको छ । यस्तै अलकान्तराले पनि सामाजिक सन्जालमा ‘लिभरपुल वाल्क’ भनेर बाहिर घुमेको पोस्ट गरेका छन् । कोरोना संक्रमण भएसँगै अलकान्तराले लिभपुलको पछिल्लो दुई खेलसँगै अन्तर्राष्ट्रिय ड्युटी समेत गुमाएका थिए ।
यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका अलकान्तराले चेल्सीविरुद्धको खेलमा प्रिमियर लिगमा ‘डेब्यु’ गरेका थिए । तर, अलकान्तराले त्यसपछिको दुई खेल गुमाएका थिए ।
यस्तै लिभरपुलका अर्काे मिडफिल्डर जेर्डान शाकिरी पनि कोरोनामुक्त भएका छन् । उनले युइएफए नेसन्स लिगमा स्पेनविरुद्धको १–० ले पराजित भएको खेल खेलेका थिए । अर्का फरवार्ड साडियो माने पनि कोरोनासँग जुधिरहेका छन् ।
अन्तर्राष्ट्रिय विश्रामपछि योर्गेन क्लोपको लिभरपुलले मर्सिसाइड डर्वीमा १७ अक्टोवरमा एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा अलकान्तराले खेल्न सक्नेछन् । प्रिमियर लिग च्याम्पियन लिभरपुलले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेपनि चौथो राउन्डमा एस्टन भिल्लासँग ७–२ को लज्जास्पद हार बेहारेको थियो ।
यस्तै कारवाओ कपमा पनि पेनाल्टी सुटआउटमा आर्सनलसँग पराजित भएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]