5 years ago
October 12, 2020
एजेन्सी – हामेस रोड्रिग्वेज एभर्टन आउँदा धेरै त्यसको विपक्षमा थिए । तर, प्रशिक्षक कार्लो एन्सेलोटीले त्यसको खासै वास्ता गरेनन् । इटालियन प्रशिक्षकले रोड्रिग्वेजलाई फिट रहन रहन सल्लाह दिएका थिए ।

प्रिमियर लिगको सुरुवातका केहि खेलमै रोड्रिग्वेजले आफ्नो उपस्थितिलाई सहि पुष्टी गरे । लामो सिजनमा बाँकी समयमा उनको प्रदर्शन कस्तो रहन्छ त्यो अर्को पाटो हो । तर, हालका लागि भने आलोचकको मुख बन्द भएको छ ।
एन्सेलोटीलाई थाहा छ रोड्रिग्वेज जस्ता खेलाडीलाई क्लबमा भित्राउँदाको प्रभाव । त्यहि अनुसार रोड्रिग्वेजले प्रभाव जमाइसकेका छन् । एन्सेलोटीले त्यहि बुझेरै रोड्रिग्वेजलाई रियल म्याड्रिजलाई भित्राउन मेहनत गरे ।
एन्सेलोटीका वरिपरि हुनेले रोड्रिग्वेजले फेरि पहिला कै जस्तो उच्च प्रदर्शन गर्न नसक्ने संकेत गर्दै उनको त्यो क्षमता सकिसकेको जिकिर गरेका थिए । खेलाडी चिन्न सक्ने उनको क्षमताकै कारण लुका मोड्रिड, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, सर्जियो रामोसलगायतका खेलाडी अहिले पनि पूर्व प्रशिक्षकको सम्पर्कमा छन् ।
एन्सेलोटी बायर्न म्युनिखमा हुँदा भने रोड्रिग्वेजले स्तरीय प्रर्दन गर्न सकेनन् । यद्दपी जर्मनीको माहोल अन्य देशको भन्दा फरक थियो । बायर्नमा त्यति बेला आर्जन रोबेन र फ्रान्क रिबेरी जस्ता खेलाडी टोलीका महत्वपूर्ण सदस्य थिए ।
रोड्रिग्वेजले उनी प्रतिको धारणालाई परिवर्तन गर्न सफल भएका छन् । एभर्टनमा उनले गोलका लािग मौका सृजना गरेका छन् भने टोलीको लयमा मिलेका छन् । आउने दिनमा उनीबाट अझै उच्च प्रदर्शनको अपेक्षा गरिएको छ । रोड्रिग्वेज र एन्सेलोटीबीचको समझदारी माथिल्लो स्तरको रहेको बताइएको छ ।
एलान र अब्डोलाय डोकोरेसँगै रोड्रिग्वेज यो सिजन गुडिसन पार्क पुगेका थिए । कोलम्बियन स्टार मिडफिल्डमा सहज मान्छन् । उनले रिचारलिसन र डोमिनिक कल्भर्ट लिविनलाई पास र क्रस उपलब्ध गराइरहेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]