default_image

5 years ago

October 11, 2020

भारतीय लिगमा अभिषेकको पहिलो गोल

176 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजालले भारतीय आइ लिग छनोट प्रतियोगितामा मोहमडन स्पोर्टिङ क्लबका लागि गोलको खाता खोलेका छन् ।

आइतबार जारी छनोटको दोस्रो खेलमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबविरुद्ध अभिषेकले २ गोल गर्दा मोहमडनले पहिलो हाफमा नै ३-० को अग्रता लिएको छ । पछिल्लो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले दोस्रो खेलमा भने सुरुवाती रोजाईमा नै अवसर पाएका हुन् ।

खेलको १२ औं मिनेटमा नै विलिस प्लाजाको गोलमा मोहमडनले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि अभिषेकले गोल गर्दै मोहमडनको अग्रता दोब्बर पारे । हिरा मोन्डलले दिएको लो क्रसमा ६ यार्ड बक्सभित्र अभिषेक पहिलो टचमा चुकेपनि डिफेन्डरले क्लियर गर्न नसक्दा सहजै गोल गर्न सफल रहे ।

पहिलो हाफको अन्तिम मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गरे । विलिस प्लाजाले दिएको थ्रु बललाई छाङतेले नियन्त्रणमा लिन नसक्दा अभिषेकले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफसहित खेलको प्रत्यक्ष प्रसारण यहाँ :

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.