default_image

5 years ago

October 11, 2020

अपराजित फ्रान्स र पोर्चुगल भिड्दै

187 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा आज (आइतबार) राति विश्वविजेता फ्रान्स र युरो तथा नेसन्स लिग विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल स्टेड डि फ्रान्समा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । भेट्रान रोनाल्डो र युवा फरवाड केलियन एमबाप्पेबीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । घरेलु मैदानमा फ्रान्स पोर्चुगललाई पराजित गर्दै लिग ‘ए’ ३ को शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । २ खेलबाट समान ६ अंक भएपनि गोल अन्तरमा पोर्चुगल शीर्षस्थानमा तथा फ्रान्स दोस्रो स्थानमा रहेको छ ।

स्टार खेलाडीले भरिएको फ्रान्ससँग केलियन एमबाप्पे, ओलिभर जिरुउड, एन्टाइन ग्रिजमन, पल पोग्वा, एङ्गोलो कान्टे र राफायल भरानजस्ता खेलाडीको साथ रहेको छ । यसबाहेक फ्रान्ससँग बेन्जामिन पाभार्ड, क्लेमेन्ट लेङ्लेट, कोरेन्टिन टोलिसो, लुकास हर्नान्डेज, इडुआर्डाे कामाभिंगा, लुकास डिग्ने, विसाम विन यडर, प्रेसनेल केम्पेम्वे र अनुभवी गोलरक्षक ह्युगो लोरिसको साथ रहेको छ ।

मैत्रीपुण खेलमा युक्रेनमाथि ७–१ को फराकिलो जित निकालेको फ्रान्स सोही लयलाई निरन्तरता दिन दाँउमा हुनेछ । युक्रेनविरुद्धको फराकिलो सजतमा जिरुउडले ह्याट्रिक पुरा गर्दा कामाभिंगा, टोलिसो , ग्रिजमन र एमबाप्पेले पनि गोल गरेका थिए ।

विश्वविजेता फ्रान्स पछिल्लो ७ खेलमा अपराजित रहेको छ । गत वर्षको अक्टोवरमा युरो छनोटमा टर्कीसँग १–१ गोलको बराबरी खेलेयता फ्रान्सले सबै पाँच खेलमा शतप्रतिशत जित निकालेको छ । युरो र नेसन्स लिग विजेता पोर्चुगलसँग पनि फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रनेछ ।

यता, आधुनिक फुटबलको हस्ती मध्येको एक क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल पनि फ्रान्सलाई उसकै मैदानमा स्तब्ध पार्दै शीर्षस्थानमा पकड बनाउने दाँउमा हुनेछ ।

पोर्चुगलसँग रोनाल्डोसँगै जोआओ फेलिक्स, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, रुवेन नेभेस, जोओ मौटिन्हो, राफयल गुरेरो, पेपे, रुवेन डियास, जोओ क्यान्सिलो, विलियम कार्भाल्हो, नेल्सन सेमेडो, डिएगो जोटा, ट्रिन्काओ, आन्द्र सिल्भा र गोलरक्षक रुइ प्याट्रेसियो रहेका छन् ।

पछिल्लो ७ खेलमा पोर्चुगलले ५ खेलमा सफलता हात पार्दा समान १ बराबरी र हारको नतिजा निकालेको छ । गत अक्टोवरमा भएको युरो छनोटमा युक्रेनसँग २–१ ले पराजित भएयता पोर्चुगल पछिल्लो सबै पाँच खेलमा अपराजित रहेको छ । गत बिहीबार राति भएको मैत्रीपुर्ण खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

यि दुई टोली २०१६ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१६ मा युरोकपको फाइनलमा पोर्चुगलले घरेलु टोली फ्रान्समाथि अतिरिक्त समयमा १–० को जित निकाल्दै युरोकप च्याम्पियन बनेको थियो । त्यसअघिको दुवै खेलमा फ्रान्स विजयी भएको छ ।

यही लिग ‘ए’ ३ को अर्काे खेलमा क्रोएसिया र स्वीडेन प्रतिस्पर्धा गर्दैछ । दुवै टोली समूहका पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । खेल क्रोएसियामा राति ९ः४५ बजे हुने छ । दुवै टोली फ्रान्स र पोर्चुगलसँग पराजित भएको थियो ।

अन्य खेल

लिग ‘ए’ ग्रुप – १ : बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे), पोल्यान्डविरुद्ध इटाली (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – २ : इंग्ल्यान्डविरुद्ध बेल्जियम (राति ९ः४५ बजे), आइसल्यान्डविरुद्ध डेनमार्क (राति १२ः३० बजे)

लिग ‘ए’ ग्रुप – ३: क्रोएसियाविरुद्ध स्वीडेन (राति ९ः४५ बजे), फ्रान्सविरुद्ध पोर्चुगल (राति १२ः३० बजे)

लिग ‘बी’ – १: नर्वेविरुद्ध रोमानिया (राति ९ः४५ बजे), नर्दन आयरल्यान्डविरुद्ध अष्ट्रिया (राति १२ः३० बजे)

लिग ‘बी’ – २ : इजरायलविरुद्ध चेक रिपब्लिक (राति १२ः३० बजे), स्कटल्यान्डविरुद्ध स्लोभाकिया (राति १२ः३० बजे)

लिग ‘बी’ – ३: रसियाविरुद्ध टर्की (राति १२ः३० बजे), सर्वियाविरुद्ध हंगेरी (राति १२ः३० बजे)

लिग ‘बी’ – ४ : आयरल्यान्डविरुद्ध वेल्स (साँझ ६ः४५ बजे), फिनल्यान्डविरुद्ध बुल्गेरिया (राति ९ः४५ बजे)

लिग ‘सी’ –२ : अर्मेनियाविरुद्ध जर्जिया (राति ९ः४५ बजे), इस्टोनियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे)

लिग ‘सी’ –३ : ग्रीसविरुद्ध माल्दोभा (राति १२ः३० बजे), कोसोभोविरुद्ध स्लोभेनिया (राति १२ः३० बजे)

लिग ‘सी’ – ४ : काजकस्तानविरुद्ध अल्वानिया (राति ६ः४५ बजे), लिथुआनियाविरुद्ध बेलारुस (राति ९ः४५ बजे)

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.