5 years ago
October 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड अभिषेक रिजालले दुई गोल गरेपछि मोहमडन स्पोर्टिङ क्लबले आइ लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

आइतबार छनोटको दोस्रो खेलमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै मोहमडन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मोहमडनको जितमा अभिषेकले २ गोल तथा विलिस प्लाजा र शेख फैयाजले एक-एक गोल गरे । पछिल्लो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले दोस्रो खेलमा भने सुरुवाती रोजाईमा नै अवसर पाएका हुन् ।
खेलको १२ औं मिनेटमा नै विलिस प्लाजाको गोलमा मोहमडनले अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि अभिषेकले गोल गर्दै मोहमडनको अग्रता दोब्बर पारे । हिरा मोन्डलले दिएको लो क्रसमा ६ यार्ड बक्सभित्र अभिषेक पहिलो टचमा चुकेपनि डिफेन्डरले क्लियर गर्न नसक्दा सहजै गोल गर्न सफल रहे ।
पहिलो हाफको अन्तिम मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गरे । विलिस प्लाजाले दिएको थ्रु बललाई छाङतेले नियन्त्रणमा लिन नसक्दा अभिषेकले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमा नै मोहमडनले गोल खान पुग्यो । अहमदाबादका खेलाडीले दिएको पासलाई क्लियर गर्ने क्रममा बल गोलरक्षकलाई बिट हुँदै गोल हुन पुगेको थियो । खेलमा मोहमडनले एकपक्षीय दबाब कायम गरेपनि गोल थप्न भने सकेन ।
६० औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट अभिषेकले गरेको प्रहार गोलरक्षक इप्रोदिप दासको हातमा पुग्यो । ६८ औं मिनेटमा मैदानको मध्य भागबाट गोलरक्षक पोजिसनमा नभएको अवस्थामा अभिषेकले गरेको प्रहारलाई गोलरक्षक दासले जेनतेन बचाएका थिए ।
७६ औं मिनेटमा अभिषेकको हेडर सिधै गोलरक्षकको हातमा पुग्यो । त्यसको एक मिनेटपछि शेख फैयाजको शक्तिशाली प्रहार क्रसबारमा लाग्दा मोहमडनले अग्रता बढाउन सकेन ।
खेलको ८१ औं मिनेटमा अहमदाबादका लागि अर्का नेपाली फरवार्ड राजेश परियारले डेब्यु गरे । उनी नाइजेरियन फरवार्ड स्टानली इजीको स्थानमा मैदान छिरेका थिए । खेलको ८५ औं मिनेटमा अभिषेकको स्थानमा सम्साद अली मैदान प्रवेश गरेका थिए । ८९ औं मिनेटमा अलीकै पासमा शेख फैयाजले गोल गर्दै मोहमडनलाई ४-१ ले अघि बढाए ।
लगातार दोस्रो जितसँगै मोहमडन अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मोहमडनको ६ अंक छ । दोस्रो स्थानको भवानीपुरको १ खेलमा ३ अंक छ । १-१ खेल खेलेका अहमदाबाद, घरवाल र बेंगलुरु युनाइटेड अंकविहिन छन् । आज हुने दोस्रो खेलमा घरवाल र बेंगलुरु भिड्दैछन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]