default_image

5 years ago

October 12, 2020

बार्सिलोनालाई पछि पार्दै रियलले युवा डिफेन्डर भित्र्यायो

182 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस महारथी रियल म्याड्रिडले प्रतिभावान स्पेनिस युवा डिफेन्डर राफायल ओब्राडोरलाई अनुबन्ध गर्न सफल भएको छ ।

रियल म्याड्रिडले १६ वर्षीय लेफ्ट ब्याक ओब्राडोरलाई स्पेनिस क्लब रियल मालोर्काबाट अुनबन्ध गर्न सफल भएको हो । मालोर्का अघिल्लो सिजन मात्रै दोस्रो श्रेणीमा घटुवा भएको थियो । रियलले ओब्राडोर अनुबन्ध गर्न लामो समयदेखिको प्रयासमा सफलता हात पारेको हो ।

प्रशिक्षक जिनेदिन जिदानले स्पेनको यु–१५ र यु–१६ टोलीबाट खेलिसका युवा स्टार ओब्राडोर अनुबन्धमा बाजी मारे । २००४ मा जन्मिएका ओब्राडोर ४ वर्षको उमेरमा सिई क्याम्पोसको युथ एकेडेमीमा भर्ना भएका थिए । उनी २०१४ मा मालोर्का आएका थिए ।

गत सिजन ओसासुनाविरुद्धको खेलमा मैदान उत्रदै ओब्राडोरले स्पेनिस ला लिगामा डेब्यु गरिसकेका छन् । उनले गत अक्टोबरमै मालोर्कासँग २०२४ सम्मको लागि पहिलो व्यवसायिक सम्झौता गरेका थिए ।

रियलमा आबद्ध भएका उनी अब रियलको युथ टोलीमा सामेल हुनेछन् । क्षमता विस्तार गर्दै उनले छिट्टै नै रियलको पहिलो रोजाईमा स्थान बनाउन सक्ने सम्भावना छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.