5 years ago
October 11, 2020
एजेन्सी – बार्सिलोनाका युवा विंगर अन्सु फाती ला लिगामा सेप्टेम्बरको उत्कृष्ट खेलाडी अर्थात प्लेयर अफ दी मन्थ चुनिएका छन् । ला लिगाका फलोअर्स र लिगका प्रायोजकहरुको मतका आधारमा महिनाको उत्कृष्ट खेलाडी छनोट गर्ने प्रावधान छ ।

बार्सिलोनाका सुरुवाती २ गोलमा १७ वर्षे स्पेनिस अन्तर्राष्ट्रियले ३ गोल गरिसकेका छन् । जसमा भिल्लारियलविरुद्ध २ गोल छ । त्यस्तै उनले सेल्टा भिगोविरुद्ध पहिलो गोल गरेका थिए । सेभिल्लासहित सिजनका सबै तीन खेलमा उनी पहिलो रोजाईमा खेलेका थिए ।
फातीले सेल्टाका इगो आसपास, एट्लेटिको म्याड्रिडका लुइस सुआरेज, रियल बेटिसका सर्जिइो कानालेस, लेभान्तेका जोसे लुइस मोरोलस, रियल सोसिडाडका मिकेल मारिनो र ग्रानाडाका लुइस मिलालाई पछि पारेका थिए ।
फातीसँगै जारीस सिजनमा ३ गोलसहित शीर्षस्थानमा रहनेमा आसपास, मोरोलस, म्याक्सी गोमेज, पाको अल्सेसन र गेरार्ड मोरेनो छन् । बार्सिलोनामा यो सिजनमा १ भन्दा बढी गोल गर्ने फाती एक्लो हुन् । कप्तान लिओनल मेस्सी, सर्जियो रोबेर्टो, फिलिपे काउटिन्होको नाममा समान १ गोल छ ।
मेस्सी वा सुआरेज र नेयमार बाहेक सन् २०१५ यता प्लेयर अफ दी मन्थ चुनिएमा फाती पहिलो बार्सिलोना खेलाडी हुन् । अक्टुबरमा पनि फातीले सो अवार्ड जितेको खण्डमा एक भन्दा बढी पटक प्लेयर अफ मन्थ बन्नेमा फाती ला लिगाका १२ औं खेलाडी बन्नेछन् ।
अहिले सम्म मेस्सीले सर्वाधिक ७ पटक, बार्सिलोनाकै एन्टोनी ग्रिजमनले ६, सुआरेजले ४ र क्रिस्टियानो रोनाल्डो र आसपासले ३ पटक जितेका थिए । अरिट्ज अडुरिज, करिम बेन्जेमा, डिएगो गोडिन, कोके, नोलिटो र कार्लोस भेलाले समान २ पटक उक्त अवार्ड जिएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]