default_image

5 years ago

October 11, 2020

गोलरक्षक विशाल कोरोना मुक्त

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका गोलकिपर विशाल श्रेष्ठको परिवारका ७ मध्ये ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विशालसहित उनका हजुरबुबा, बुबा, आमा, श्रीमती, छोरी र मामाको छोरालाई असोज १० गते कोरोना संक्रमणको पुष्टी भएको थियो । दुई दिनअघि गरिएको अर्को परिक्षणमा विशालका बाबु हिरालाल श्रेष्ठ र श्रीमती इलिशा श्रेष्ठको परिक्षण भने फेरि पनि पोजेटिभ देखिएको छ । बाँकीको भने नेगेटिभ आएको विशालले जानकारी दिए ।

लक्षण देखिएकोले उनको परिवार संक्रमण पुष्टीको ५ दिन अघिबाट होम आइसोलेसनमा बसेको विशालले जानकारी दिए । ‘लक्षण देखिएपछि नै हामी आइसोलेट भएका थियौं । संक्रमण हुन सक्छ भन्नेमा मानसिक रुपमा तयार थियौं’, विशालले भने, ‘परिक्षण गराउँदा सबैलाई पोजेटिभ देखियो । सबै जना घरमै आइसोलेसनमा बस्यौं ।’

सकेसम्म संक्रमणबाट जोगिन प्रयास गर्ने र संक्रमण भएको अवस्थामा पनि आफुलाई आइसोलेट गरेर बस्न विशालले सुझाव दिएका छन् । ‘सामान्य खाना, नियमित बेसार पानी पिउने, वाफ लिने गर्यौं’, उनले थपे, ‘डाक्टरको सल्लाहमा केहि भिटामिन पनि लिएका थियौं । त्यस्तो गाह्रो भएन ।’

राष्ट्रिय टोलीमा पहिलो पटक बन्द सत्रमा बोलाइएका एरिक विष्टलाई पनि साउन अन्तिममा कोरना संक्रमण भएको थियो । पछि उनी कोराना मुक्त भएका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.