5 years ago
October 11, 2020
एजेन्सी – युइएफए नेसन्स लिग ‘बी’ ४ को शीर्षस्थानमा रहेको वेल्स तेस्रो राउन्डको खेलमा आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ ।

वेल्स घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि पनि वेल्स समूहमा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । आयरल्यान्ड २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
एभिभा स्टेडियम डब्लिनमा आइतबार साँझ भएको खेलमा घरेलु टोलीले वेल्सलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्दा बराबरीमा रोकिन पुग्यो । खेलको जेफ हन्डरिकको पासमा रोबर्ट ब्राडीको प्रहारलाई वेल्सका डिफेन्डर जोइ रोन्डोनले ब्लक गरे ।

२७औं मिनेटमा कप्तान आरोन राम्सेको पासमा ह्यारी विल्सनको प्रहारलाई आयरल्यान्डका गोलरक्षक डारेन रानडल्पले विफल पार्दै वेल्सको अग्रता टारे । त्यसमै प्राप्त कर्नरमा किफिएर मोरको हेडर क्रसबारबाट बाहिरियो । ३३औं मिनेटमा रोबर्ट ब्राडीको प्रहार आकासिदा आयरल्यान्ड अग्रता लिनबाट चुक्यो ।
३८औं मिनेटमा ब्राडीकै क्रसलाई वाइने हेनेसीले गोललाईनबाट बचाउदै आयरल्यान्डको अग्रता टारे । ४३औं मिनेटमा साइरस क्रिस्टिको प्रहार आकासियो । ४५औं मिनेटमा ब्राडीको उत्कृष्ट मुभलाई आयरल्यान्डका कप्तान सेन डफीले मुस्किलले ब्लक गरे ।
दोस्रो हाफमा भने दुवै टोलीले सुस्त खेल पस्क्यो । दुवै टोलीले पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन् । ८४औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा वेल्सल उठाउन सकेन ।
डेलान लेभिटलाई फल गरेपछि जेम्स म्याक्लिन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । ८६औं मिनेटमा डेभिड ब्रुक्सको प्रहारलाई गोलरक्षक डारेन रान्डलफले बचाउदै खेललाई गोलरहित बराबरीमा टुंग्याए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]