5 years ago
October 12, 2020
एजेन्सी – युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई पराजित गेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियममाथि २–१ को पूनरागमन जित हात पारेको हो ।

वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे । रोमेल लुकाकुले गरेको गा्ल सान्त्वना बन्यो । आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा पाअुना टोली बेल्जियमले रोमेलु लुकाकुको पेनाल्टी गोलबाट अग्रता लिएको लिएको थियो ।
एरिक डाएरले पेनाल्टी बक्समा लुकाकुलाई लडाएपछि प्राप्त पेनाल्टीमा लुकाकु आफैले गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा केभिन डि ब्रुयनको प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले बचाउदै बेल्जियमको दोब्बर अग्रता टारे । लगत्तै २०औं मिनेटमा एक्सेल विस्टेलको पासमा थोमस म्युनियरको प्रहारलाई पिकफोर्डले नै बचाए ।

३९औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टी गोलमार्फन नै खेललाई १–१ गोलको बराबरीमा ल्याए । थोमस म्युनियरले कप्तान जोर्डन हेन्डरसनलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रासफोर्ड चुकेनन् ।
४३औं मिनेटमा लुकाकुले अवसर खेर फाल्दा बेल्जियम पुनः अग्रता लिनबाट चुक्यो । ६४औं मिनेटमा किरिएन ट्रिपिएरको पासमा मासन माउन्टले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । उनको प्रहार टोवी एल्डरवेइरिल्डदाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । ७२औं मिनेटमा कप्तान ब्रुयनको पासमा यान्निक कारास्को बराबरीबाट चुके ।
यस जितसँगै इंग्ल्यान्ड ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । यही लिग ‘ए’ ४ को अर्काे खेलमा डेनमार्कले आइसल्यान्डमाथि ३–० को सहज जित हात पारेको छ ।
डेनमार्कको जितमा क्रिस्टियन इरिक्सन र रोबर्ट स्कभले गोल गर्दा एक गोल उपहार पाएको थियो । डेनमार्कको ३ तथा अंक विहीन आइसल्यान्ड पुछारमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]