5 years ago
October 12, 2020
एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले ह्याट्रिक पुरा गरेपछि युइएफए नेसन्स लिगको समूह चरणको तेस्रो खेलमा नर्वेले रोमानियामाथि ४–० को फराकिलो जित आत्मसात गरेको छ ।

घरेलु मैदानमा नर्वेको जितमा हालान्डले ह्याट्रिक पुरा गर्दा एलेक्सान्डर सोरलोथले एक गोल थपे । २० वर्षीय युवा फरवार्ड हालान्डले पहिलो एक तथा दोस्रो हाफमा दुई गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गरे ।
ओस्लोमा आइतबार राति भएको खेलमा घरेलु टोली नर्वेले खेलको १३औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो । उनले स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर मार्टिन ओडगार्डको चलाखीपुर्ण पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।
३९औं मिनेटमा एलेक्सान्डर सोरलोथले गोल गरेपछि नर्वेले पहिलो हाफमा २–० को अग्रता कायम गर्यो । बर्गर मेलिङको पासमा अनमार्क रहेका सोरलोथले वान टचमा खाली पोस्टमा गोल गरेका थिए ।

दोस्रो हाफको दुवै गोल हालान्डको नाममा रह्यो । ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै नर्वेलाई फराकिलो जिततर्फ अग्रसर गराए । यसपटक पनि हालान्डले ओडेगार्डकै पासमा क्लोज रेन्जबाट गोल गर्न सफल भएका थिए ।
त्यसको १० मिनेटपछि एलेक्सान्डर सोरलोथको पासमा हालान्डले गोल गर्दै राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक पुरा गर्दै नर्वेलाई ४–० को सानदार जित दिलाए । २०१९ देखि राष्ट्रिय टोलीमा रहेका हालान्डले नर्वेबाट ६ खेल खेल्दै ६ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।

जितसँगै नर्वेको लिग ‘बी’ १ मा तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । पराजित रोमानिया ४ अंकसहित तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा अष्ट्रियले नर्दन आयरल्यान्डमाथि १–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
अष्ट्रियको जितमा माइकल ग्रिगोरिसचले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । समान ६ अंक भएपनि हेड टु हेडमा नर्वे दोस्रो स्थानमा छ । नर्दन आयरल्यान्ड १ अंकसहित पुछारमा छ ।
अन्य नतिजा
लिग ‘ए’ ग्रुप – १
बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध नेदरल्यान्ड्स (०–०), पोल्यान्डविरुद्ध इटाली (०–०)
लिग ‘ए’ ग्रुप – २
इंग्ल्यान्डविरुद्ध बेल्जियम (२–१), आइसल्यान्डविरुद्ध डेनमार्क (०–३)
लिग ‘ए’ ग्रुप – ३
क्रोएसियाविरुद्ध स्वीडेन (२–१), फ्रान्सविरुद्ध पोर्चुगल (०–०)
लिग ‘बी’ – १
नर्वेविरुद्ध रोमानिया (४–०), नर्दन आयरल्यान्डविरुद्ध अष्ट्रिया (०–१)
लिग ‘बी’ – २
इजरायलविरुद्ध चेक रिपब्लिक (१–२), स्कटल्यान्डविरुद्ध स्लोभाकिया (१–०)
लिग ‘बी’ – ३
रसियाविरुद्ध टर्की (१–१), सर्वियाविरुद्ध हंगेरी (०–१)
लिग ‘बी’ – ४
आयरल्यान्डविरुद्ध वेल्स (०–०), फिनल्यान्डविरुद्ध बुल्गेरिया (२–०)
लिग ‘सी’ –२
अर्मेनियाविरुद्ध जर्जिया (२–२), इस्टोनियाविरुद्ध नर्थ म्यासेडोनिया (३–३)
लिग ‘सी’ –३
ग्रीसविरुद्ध माल्दोभा (२–०), कोसोभोविरुद्ध स्लोभेनिया (०–१)
लिग ‘सी’ – ४
काजकस्तानविरुद्ध अल्वानिया (०–०), लिथुआनियाविरुद्ध बेलारुस (२–२)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]