default_image

5 years ago

October 12, 2020

एमबाप्पे ‘आइडल’ रोनाल्डोविरुद्ध उत्रँदा..

185 views

0 Bookmark

एजेन्सी – फ्रान्स र पोर्चुगल २०१६ को युरोकपको फाइनलपछि पहिलोपटक आइतबार राति यूईएफए नेसन्स लिगको समूह चरणको तेस्रो राउन्डमा प्रतिस्पर्धा गरेको थियो । खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै नेसन्स लिगमा दुवै टोली अपराजित रहँदा पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहँदा गोल अन्तरमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रहेको छ । यो खेलमा खेल भन्दा पनि आधुनिक फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डो र युवा स्टार केलियन एमबाप्पेबीचको भेट सबैको आकर्षणको केन्द्र बनेको थियो ।

कारण २१ वर्षीय एमबाप्पेले आफ्नो ‘आइडल’ रोनाल्डोविरुद्ध मैदान उत्रदै थिए । २०१६ को युरोकपमा रोनाल्डो फ्रान्सविरुद्ध उत्रदा एमबाप्पे आफ्नो व्यावसायिक खेल करियर सुरुवात गर्दै थियो । युरो कपपछि एमबाप्पेले फ्रान्सको राष्ट्रिय टोलीमा नियमित स्थान बनाइरहेका छन् । क्लब फुटबलमा यि दुई खेलाडी एक आपसमा उत्रिइसकेपनि राष्ट्रिय टोलीबाट भने पहिलोपटक आमने सामने भएका थिए ।

एमबाप्पेले आफ्नो कोठाको भित्ताभर रोनाल्डोको तस्बिरसहितको आफ्नो फोटो सार्वजनिक गरेकाले पनि उनी रोनाल्डोलाई आफ्नो आइडल मान्नेमा कुनै शंका छैन । यि दुई खेलाडीबीको संवाद र तस्विर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

रोनाल्डो, ब्रुनो फर्नान्डेस, एमकाप्पे र पल पोग्वाजस्ता विश्वस्तरीय खेलाडी मैदान उत्रदा खेल प्रतिस्पर्धात्मक भएपनि गोल निस्कन सकेन । तर समर्थकहरुले युभेन्टस स्टार रोनाल्डो र पीएसजीका स्टार एमबाप्पेले दोस्रो हाफमा शुरुमा गरेको संवादलाई खुवै मन पराएका थिए ।

संवादका क्रममा रोनाल्डोले एमबाप्पेलाई टाउोमा धाप लगाउनु अघि नै उनीहरु क्यामेरमा कैद भए । रेफ्रीले दोस्रो हाफको खेल शुरु गर्नुअघि २१ वर्षीय एमबाप्पे मुस्कुराउदै र हास्दै रोनाल्डोसँग कुरा गरिरहेको देखिन्छ ।

यो कुनै गोप्य कुरा छैन कि एमबाप्पेले रोनाल्डोसँगको तस्विरलाई सामाजिक सन्जालमा पोस्ट गर्दै ‘आइडल’ सँग भनेर पोस्ट गरेका छन् । प्रशंसकहरु विश्व फुटबलको शिखरमा रहेका दुई खेलाडीबीचको भेट र संवादलाई लिएर उत्साहित छन् । एमबाप्पेलाई भविष्यमा बालोन डि ओर जित्न सक्ने खेलाडीको रुपमा हेरिएको छ ।

‘यो सुन्दर छ,’ एक समर्थकले ट्वीटमा लेखे, ‘जबकी स्पेनिस क्लब रियल म्याड्रिडका समर्थकहरु एमबाप्पे भविष्यमा बर्नाबेउमा सर्नेमा विश्वस्त छन् ।’

‘केलियन एमबाप्पे रियल म्याड्रिडमा रोनाल्डोको जर्सी नम्वर ७ पहिरिने एकमात्र स्वीकार्य उत्तराधिकारी हो ।’ अर्काे ट्वीटर प्रयोगकर्ताले लेखेका छन् । ‘उसको त्यहाँ जाने लक्ष्य छ । समयको कुरा’ एएफसीमहादले लेखे ।

यो सिजन खेलाडी अनुबन्धमा खर्च नगरेको रियल म्याड्रिडले अर्काे समरमा एमबाप्पेलाई मोटो रकम खर्चदै अनुबन्ध गर्ने तयारी गरिरहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.