default_image

5 years ago

October 13, 2020

इटालियन क्लबको खर्च भन्दा रोनाल्डोको आम्दानी बढी

191 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरि ए सबैभन्दा बढी कमाउने खेलाडी हुन् भन्दा कसैलाई अच्चम लाग्ने छैन । तर, अर्को तथ्याङ्कले भने आश्चार्यमा पार्न सक्छ ।

इटालीको शीर्ष डिभिजन लिग सिरि एका ४ भन्दा क्लबको भन्दा बार्षिक खर्च भन्दा बढी रोनाल्डोले एक वर्षमा कमाउँदै आएका छन् । ३५ वर्षे फरवार्डले युभेन्ट्सबाट बार्षिक ३१ मिलियन युरो पारिश्रमिक लिदै आएका छन् । ४ क्लब युडिनेजी, हेलास भेरोना, स्पेजिया र क्रोटोनेले वार्षिक रुपमा या त रोनाल्डो कमाई बराबर वा त्यो भन्दा कम खर्च गर्दै आएका छन् ।

सिरि एमा रोनाल्डोका कमाई वरिपरि कुनै खेलाडी छैन । सबैभन्दा नजिक भनिएका युभेन्ट्सकै माथिस डि लिट्ज छन् । जसको कमाई भन्दा रोनाल्डोका ४ गुणा बढी छ । डच रक्षकले बार्षिक ८ मिलियन युरो कमाउँछन् । त्यसबाहेक उनले बार्षिक १.५ मिलियन बोनसका रुपमा प्राप्त गर्छन् ।

इन्टरका रोमेलु लुकाकुले बार्षिक ७.५ मिलियन युरो पारिश्रमिक प्राप्त गर्छन् ।इन्टरका क्रिस्टियन इरिक्सन र रोमाका स्ट्राइकर इडिन डेकोले समान ७.५ मिलियन, इन्टरका फरवार्ड एलेक्सिस सान्चेज र एसी मिलानका फरावर्ड याल्टान इब्राहिमोभिचले समान ७ मिलियन युरो प्राप्त गर्छन् ।

त्यस्तै इन्टरका अर्टुरो भिडालले ६.५ मिलियन र मिलानका जियानलुइजी डोनारुमाले बार्षिक ६ मिलियन युरो पारिश्रमिक लिन्छन् । सिरि एको सर्वाधिक कमाई गर्ने युभेन्ट्सले खेलाडीका लागि पनि सबैभन्दा बढी खर्च गर्दै आएको छ । अल्भारो मोराटा, जुवान क्वाडराडो, फडेरिको किएसा र आर्थर मेलोले समान ५ मिलियन, एलेक्स सार्डोले ६ मिलियन युरो प्राप्त गर्छन् ।

वोजचिएक सेचेज्नी, लियोनार्दो बोनुकीले ६.५ लिमयन, आरोन रामसे, एड्रिन राबियोनले समान ७ लाख र पाउलो डेबालाले ७.३ मिलियन युरो बार्षिक रुपमा पारिश्रमिकका रुपमा बुझ्दै आएका छन् । सिरिएमा इन्टरका एन्टोनियो कोन्ट सबैभन्दा बढी कमाउने प्रशिक्षक हुन् । उनले १२ मिलियन युरो बार्षिक रुपमा लिन्छन् ।

रोमाका पाउलो फोनसेकाले २.५ मिलियन र एट्लान्टनाका गिइन पेर्लो गसपेरिनीले २.२ मिलियन युरो लिन्छन् । चाख लाग्दो पक्ष युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले बार्षिक १.८ मिलियन युरो लिन्छन् । जुन मिलानका स्टेफानो पिओली, बोलोग्नाका सिनाका हिाजलोभिक र लाजियोका सिमवन इन्जाघीले भन्दा कम आम्दानी हो । तीन प्रशिक्षकले बार्षिक रुपमा समान २ मिलियन पाउन्ड प्राप्त गर्छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.