default_image

5 years ago

October 13, 2020

माने र अलकान्तरा लिभरपुलको प्रशिक्षणमा

190 views

0 Bookmark

एजेन्सी – कोरोना संक्रमणमुक्त हुदै स्टार फरवार्ड साडियो माने र मिडफिल्डर थियागो अलकान्तार लिभरपुलको प्रशिक्षणमा जोडिएका छन् ।

दुई मुख्य खेलाडी प्रशिक्षणमा जोडिएसँगै लिभरपुलले राहतको सास फेरेको छ । यि दुई खेलाडीले सोमबार देखि लिभरपुलको प्रशिक्षणमा जोडिएका हुन् ।

कोरोना संक्रमणका कारण यि दुई खेलाडीले अन्तर्राष्ट्रिय ब्रेक हुनुअघिको दुई खेल गुमाएका थिए । उनीहरुले बेलान सरकारको नियमको पालना गर्दै १० दिनभन्दा बढी सेल्फ आइसोलेसनमा बसेका थिए ।

यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका अलकान्तराले आर्सनल र एस्टन भिल्लाविरुद्धको खेल गुमाएको थियो । यस्तै मानेले भिल्लासँग ७–२ को लज्जास्पद हार बेहोरेको खेल गुमाएका थिए ।

२८ वर्षी अलकान्तराले कोरोनामुक्त भएपछि एक तस्विरको क्याप्सनमा ‘लिभरपुल वाल्क’ भनेर पोस्ट गरेका थिए । यि खेलाडीको १० दिनको पछिको अर्काे स्वाव संकलनमा कोरोना नेगेटिभ आएको थियो ।

यि दुई खेलाडीले प्रिमियर लिगको मर्सिसाइड डर्बी अर्थात यो सिजन उच्च लयमा रहेको एभर्टनविरुद्ध खेल्ने सम्भावना रहेको छ । एभर्टन र लिभरपुलबीचको खेल शनिबार हुदैछ ।
माने र अलकान्तरा कोरोना संक्रमणमुक्त हुदा लिभरपुलका अर्का खेलाडी नावी केइटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी गिनियाको टोलीमा रहेपनि कोरोनाका कारण सेल्फ आइसोलेसनमा बसिसकेका छन् । गिनियाले केप भार्डे, गाम्वियासँग अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेल्ने तालिका थियो । उनले एभर्टनविरुद्धको खेल गुमाउदा च्याम्पियन्स लिगको समुह चरणको आयाक्सविरुद्धको खेल पनि गुमाउने सम्भावना छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.