default_image

5 years ago

October 13, 2020

जिदानलाई हाजार्डको पर्खाइ

170 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबले कीर्तिमानी रकममा भित्राएका फरवार्ड इडेन हाजार्ड एल क्लासिकोका लागि तयार हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्तित छन् ।

बार्सिलोनासँगको एल क्लासिकोका लागि फिट हुन हाजार्डसँग अब दुई साताको समय बाँकी रहेको छ । रियलले शनिबार काडिजविरुद्ध घरेलु मैदानमा हुने ला लिगाको खेलका लागि सोमबारबाट तयारी सुरु गरेको छ । यद्दपी हाजार्ड भने सामूहिक प्रशिक्षणमा सामेल भएका छैनन् । चोटका कारण बेल्जियमको अन्तर्राष्ट्रिय खेलका लागि पनि हाजार्ड उपलब्ध भएनन् ।

त्यसअर्थ चेल्सीका पूर्व फरवार्डले फिट हुनका लागि एक्लै अभ्यास गरेका थिए । यो साताको अन्त्यसम्ममा उनी सामूहिक प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ । अहिलेको लक्ष्य भनेको हाजार्डलाई एल क्लासिको लागि तयार पार्नु हो । बार्सिलोनाविरुद्धको खेलमा हाजार्डको सहभागिता क्लबका लागि महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको छ ।

एल क्लासिको अक्टुबर २४ वा २५ मा हुने ला लिगाले अझै पक्का गर्न बाँकी छ । त्यसअर्थ हाजार्डलाई ठिक बनाउन जिदान र क्लबको मिडिकल टोलीसँग दुई साताको समय बाँकी छ ।
चोटकै कारण हाजार्डले आफ्नो पहिलो वर्ष पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् ।

यस कारण पनि क्लब उनलाई लिएर जोखिम उठाउने पक्षमा छैन । अक्टुबर २१ मा रियलले च्याम्पियन्स लिगको समूह चरणमा साख्तार डोनेक्सको सामना गर्दैछ । जिदानले हाजार्डलाई त्यो खेलमा बेन्चमा राख्ने सम्भावना रहेको छ ।

यो सिजन हाजार्ड कुनै पनि खेलमा मैदान उत्रेका छैनन् । उनले म्याच फिटनेसका लागि पनि काम गर्नुपर्ने हुन्छ । क्याटालन क्लबविरुद्ध उत्रनका लागि उनले शतप्रतिशत ठिक हुन जरुरी हुन्छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.