default_image

5 years ago

October 13, 2020

‘रोनाल्डोको यो जर्सी धुने छैन’

220 views

0 Bookmark

एजेन्सी – विश्व विजेता फ्रान्सका युवा मिडफिल्डर एडुआर्डाे कामाभिंगाले युइएफए नेसन्स लिगको खेलपछि प्रदान गरेको पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रदान गरेको जर्सी नधुने बताएका छन् ।

आइतबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपश्चात पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले आफ्नो जर्सी युवा मिडफिल्डर कामाभिंगालाई प्रदान गरेका थिए ।

रोनाल्डोले पुरै ९० मिनेट मैदानमा बिताउँदा अन्तर्राष्ट्रिय ब्रेकको मैत्रीपुर्ण खेलमा युक्रेनविरुद्ध ७–१ को जित निकालेको खेलमा १७ वर्षीय कामाभिंगाले गोलर गरेपनि पोर्चुगलविरुद्धको खेलमा प्रशिक्षक डिडिएर डेसच्याम्प्सको रोजाईमा परेनन् ।

सन् २०१६ को युरो च्याम्पियनसँगको बराबरीपछि कामाभिंगाले स्न्यापच्याटमा रोनाल्डोले प्रदान गरेको जर्सी सार्वजनिक गर्दै ‘म यो धुने छैन ।’ क्याप्सन लेखेका छन् ।

कामाभिंगाले रोनाल्डोलाई आइडल मान्दै कुनै एक समय स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने योजना बनाएका छन् । कामाभिंगा रियलको नजरमा रहेका छन् । आर्थिक मन्दीलाई ध्यानमा राख्दै यो समरमा रियलले कुनैपनि खेलाडी अनुबन्ध गरेको छैन । सोही कारण पनि कामाभिंगाको रियल यात्रा अर्काे समरसम्मको लागि लम्बिएको छ ।

पछिल्लो रिपोर्ट अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडल पल पोग्वाको विकल्पमा कामाभिंगालाई अनुबन्ध गर्ने योजना बनाएको छ । एमबाप्पेले रोनाल्डोसँगको तस्विरलाई सामाजिक सन्जालमा पोस्ट गर्दै ‘आइडल’ भनेर पोस्ट गरेका छन् । यही खेलमा रोनाल्डो र युवा स्टार केलियन एमबाप्पेबीचको दोस्रो हाफको खेल सुरु गर्नुअघिको संवाद निकै भाइरल भएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.