default_image

5 years ago

October 13, 2020

जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

90 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको चौथो खेलमा आज राति जर्मनी र स्वीट्जरल्यान्ड तथा युक्रेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै खेल राति १२ः३० बजे हुनेछ । जर्मनीले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु मैदानमा स्वीट्जरल्यान्डमाथि जित हात पार्दै जर्मनी अंक तालिका थप सुधार गर्ने दाँउमा हुनेछ ।

जर्मनीले जित निकालेको अवस्थामा यही समुहको अर्काे खेलमा स्पेन युक्रेनसँग पराजित भएको खन्डमा जर्मनीलाई शीर्षस्थानमा उक्लने अवसर हुनेछ । स्पेन रोकिएको खण्डमा गोलअन्तरमा छिनोफानो हुनेछ ।

अघिल्लो खेलमा युक्रेनमाथि २–१ को जित निकालेको जर्मनी सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । टिमो वेर्नर, काई हाभर्टज, सर्ज जिनाब्री, टोनी क्रुस, योसुवा किम्मिख, मार्सेल हल्सटेनवर्ग, निकलस सुल, एन्टेनियो रुडिगर, म्याथ्यियस जिन्टर र गोलरक्षक तथा कप्तान म्यानुयल नोएर जर्मनीसँग हुनेछ ।

यता, स्वीट्जल्यान्ड पनि घरेलु टोलीलाई पराजित गर्न लक्ष्यमा हुनेछ । अघिल्लो खेलमा स्पेनसँग आफ्नै गोलरक्षकको गल्तीमा गोल खान पुग्दा पराजित भएको स्वीट्जरल्यान्ड उक्त गल्तीलाई सुधार्दै जित निकाल्ने दाँउमा हुनेछ ।

जद्रान शाकिरी, ग्रानिट झाँका, हरिस सेफोरेभिक, रेमो फ्रिउलेर, लोरिस बेनिटो, सिल्भान, विडमेर र गोलरक्षक यान सोम्मेर टोलीसाग हुनेछ ।

यि दुई टोलीले गत महिना नेसन्ल लिगमा प्रतिस्पर्धा गर्दा १–१ गोलको बराबरी खेलेका थिए । त्यसअघि २०१२ को मैत्रीपुर्ण खेलमा स्वीट्जरल्यान्ड ५–३ ले विजयी भएको थियो ।

अन्य खेल

लिग ‘ए’ ४
युक्रेनविरुद्ध स्पेन (राति १२ः३० बजे)

लिग ‘सी’ १
अजरवैजानविरुद्ध साइप्रस (राति ९ः४५ बजे), मोन्टेनग्रोविरुद्ध लक्जेमवर्ग (राति १२ः३० बजे)

लिग ‘डी’ १
लात्भियाविरुद्ध माल्टा (राति ९ः४५ बजे), फारोइ आइल्यान्डविरुद्ध एन्डोरा (राति १२ः३० बजे)

लिग ‘डी’ २
लिचेस्टाइनविरुद्ध सान मारिनो (राति १२ः३० बजे)

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.