default_image

5 years ago

October 13, 2020

स्पेनलाई युक्रेनको चुनौती

99 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगको चौथो चरणको खेलमा आज राति स्पेनले युक्रेनको सामना गर्दैछ । खेल किभमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ ।

घरेलु टोली युक्रेनलाई पराजित गर्दै स्पेन लिग ‘ए’ को ४ मा शीर्षस्थानलाई थप पकड बनाउने योजनामा हुनेछ । तीन चरणको खेल सकिदा अपराजित रहेको स्पेन ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै जर्मनीको ५ अंक रहेको छ ।

युवा र अनुभवी खेलाडीको साथ रहेको स्पेन युक्रेनमाथि सहज जितको लक्ष्यमा हुनेछ । स्पेनसँग अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोस, जेसस नाभास, पोउ टोरेस, जोस गाया, मिकेल मेरिनो, सर्जियो बुस्क्वेट्स, फेरान टोरेस, ड्यानियल ओल्मो, अन्सु फाती र मिकेल ओयरजावल रहेको छ । यस्तै रोड्री, ड्यानियल सेवालोस, एडामा ट्राओरे, जेरार्ड मोरेनो, सर्जियो क्यानालेस र गोलरक्षक डेभिड हे गेयाको साथ रहेको छ ।

यस्तै युक्रेन पनि घरेल मैदानमा स्पेनलाई पराजित गर्दै हारको श्रृंखला तोड्ने दाँउमा हुनेछ । युक्रेनले पछिल्लो तीन खेलमा जित निकाल्न सकेको छैन । गत महिना स्वीट्जरल्यान्डलाई २–१ ले हराएयता युक्रेन जितविहीन छ । यसक्रममा युक्रेनले स्पेनसँग ४–०, फ्रान्ससँग ७–१ को तथा यसै साता जर्मनीसँग २–१ को हार बेहोरेको छ ।

युक्रेनसँग रोमन यारेमचुक, एन्ड्री यार्माेलेन्को, माइकोला सापारेन्को, भिक्टोर कोभालेन्को, भिटाली माइकोलेन्को र गोलरक्षक जर्ज बुस्चन रहेको छ ।

यि दुई टोली हालसम्म तीन पटक प्रतिस्पर्धा गर्दा तीनैपटक स्पेन विजयी भएको छ । स्पेन सोही जितको लयलाई निरन्तरता दिने दाँउमा रहँदा युक्रेन स्पेनसँगको हारको यात्रालाई पुर्णविराम लगाउने दाँउमा हुनेछ । स्पेन पछिल्लो १२ खेलमा अपराजित रहेको छ ।

युक्रेन ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा १ अंकसहित स्वीट्जरल्यान्ड पुछारमा छ । यही समूहको अर्काे खेलमा जर्मनी र स्वीट्जरल्यान्डबीच राति १२ः३० बजे नै प्रतिस्पर्धा हुदैछ ।

अन्य खेल

लिग ‘ए’ ४
जर्मनीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः३० बजे)

लिग ‘सी’ १
अजरवैजानविरुद्ध साइप्रस (राति ९ः४५ बजे), मोन्टेनग्रोविरुद्ध लक्जेमवर्ग (राति १२ः३० बजे)

लिग ‘डी’ १
लात्भियाविरुद्ध माल्टा (राति ९ः४५ बजे), फारोइ आइल्यान्डविरुद्ध एन्डोरा (राति १२ः३० बजे)

लिग ‘डी’ २
लिचेस्टाइनविरुद्ध सान मारिनो (राति १२ः३० बजे)

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.