5 years ago
October 14, 2020
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको खेल २४ अक्टोबरमा हुने भएको छ ।

शनिबार हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । विगतमा क्लासिको एसियाली क्षेत्रको समयमा मध्यरातमा हुने भएपनि लिगको लोकप्रियता बढाउन लिगले केहि खेल स्पेनको समयअनुसार केहि छिटो गर्दै आएको छ ।
प्रशिक्षक जिनेदिन जिदान र रोनाल्ड कोम्यान पहिलोपटक टच लाइनमा आमनेआमने हुनेछन् । बार्सिलोनाका प्रशिक्षक कोम्यानले क्विके सेटिनलाई स्थानान्तरण गर्दा जिदान रियलमै रहेका छन् । सेटिनले पनि गत जनवरीमा एर्नेस्टो भाल्भेर्डेलाई विस्थापन गरेका थिए ।
सिजनको पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ । गत सिजन नोउक्याम्पमा भएको क्लासिको गोलरहित बराबरीमा सकिएको थियो । कोरोना महामारी शुरु हुनुअघि सान्टियागो बर्नबेउमा भएको खेलमा रियल २–० ले विजयी भएको थियो । जसमा भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरेका थिए ।

सान्टियागो बर्नबेउ पुर्ननिर्माणको क्रममा रहँदा रियलले प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ । सम्भवत सिजनको दोस्रो एल क्लासिको यही मैदानमा हुनेछ ।
बार्सिलोनाविरुद्ध खेल्नुअघि रियलले १७ अगस्टमा काडिज र २१ अक्टोवरमा च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा साख्तर डोनेस्कसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । यस्तै बार्सिलोनाले १८ अक्टोवरमा ला लिगामा गेटाफेको तथा २० अक्टोवरमा च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा घरेलु मैदानमा फेरेन्कभारोसँग प्रतिस्पर्धा गर्दैछ ।
क्लासिकोको लागि बार्सिलोनाले चार दिनको विश्रामा पाउदा रियलले तीन दिनको मात्रै विश्रामा पाउनेछ । सिजनकै पहिलो ‘एल क्लासिको’ थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ । युवा स्टार भिनिसियस जुनियर र अन्सु फातीको आक्रमणसँगै फरवार्ड मेस्सी र सर्जियो रामोसको प्रदर्शन हेर्न लायक नै हुनेछ ।

यस्तै यही खेलबाट चोटबाट गुज्रिरहेका बार्सिलोनाका पहिलो रोजाईका गोलरक्षक माक आन्द्रे टेर स्टेगनले पूनरागमन गर्ने सम्भावना रहँदा रियलका हेभीवेट इडेन हाजार्डले पनि एल क्लासिको खेल्ने सम्भावना छ ।
ला लिगाको पाँचौ चरण जारी रहेपनि तेस्रो राउन्डदेखिको खेलहरु बाँकी रहेका छन् । रियल म्याड्रिड चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा तीन खेलबाट ७ अंक जोडेर बार्सिलोना पाँचौ स्थानमा रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]