default_image

5 years ago

October 13, 2020

विश्वकप छनोटः ब्राजिल र अर्जेन्टिना दुवै खेल्दै

198 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको दोस्रो राउन्डमा आज विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुदैछ । पाँच पटकको विश्वविजेता ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले बोलिभियाको सामना गर्दैछ ।

ब्राजिल र पेरुबीचको खेल लिमा पेरुमा नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे हुनेछ । पहिलो खेलमा बोलिभियामाथि ५–० को फराकिलो जित निकालेको ब्राजिल पेरुविरुद्ध पनि सोही जितको लयलाई निरन्तरता दिने दाँउमा हुनेछ । ब्राजिल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

महँगा फरवार्ड नेयमार, रोबर्टाे फिर्मिन्हो, फिलिपे कौटिन्हो, क्यासमिरो, थियागो सिल्भा, मार्किन्हस, डानिलो, रेनन लोडी, एभर्टन, डगलस लुइज, रिचार्लीसन, रोड्रिगो र गोलरक्षक वेभेर्टन टोलीसँग हुनेछ ।

यता, पहिलो खेलमा पाराग्वेसँग २–२ गोलको बराबरीमा रोकिएको पेरु घरेलु मैदानमा ब्राजिललाई स्तब्ध बनाउने दाँउमा हुनेछ । एन्ड्रे क्यारिल्लो नै टोलीको मुख्य हतियार हुनेछ ।

यि दुई टोलीको पछिल्लो ७ खेलको नतिजालाई हेर्दा ब्राजिल पाँच खेलमा विजयी हुदा २ खेल पेरुले आफ्नो पक्षमा पारेको छ । गतवर्ष सेप्टेम्वरमा भएको मैत्रीपुर्ण खेलमा पेरुले ब्राजिललाई १–० ले हराएको थियो ।

यस्तै विश्वकप छनोटकै अर्काे खेलमा अर्जेन्टिनाले बोलिभियाको भ्रमण गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रने अर्जेन्टिना लगातार दोस्रो जित निकाल्न चाहन्छ । अर्जेन्टिनाले पहिलो खेलमा इक्वेडरलाई १–० ले हराएको थियो । जसमा मेस्सीले पेनाल्टीमार्फत निर्णाय गोल गरेका थिए ।

बोलिभिया भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बोलिभिया ब्राजिलसँग ५–० ले पराजित भएको थियो ।

अन्य खेल

इक्वेडरविरुद्ध उरुग्वे (बुधबार बिहान २ः४५ बजे), भेनेजुएलाविरुद्ध पाराग्वे (बुधबार बिहान ३ः४५ बजे), चिलीविरुद्ध कोलम्विया (बुधबार बिहान ६ः१५ बजे)

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.