5 years ago
October 14, 2020
एजेन्सी – शीर्षस्थानमा रहेको स्पेन युइएफए नेसन्स लिगका चौथो राउन्डको खेलमा युक्रेनसँग स्तब्ध बनेको छ । स्पेन घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो

स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।
किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखेपनि रक्षापङ्ति तोडन सकेन । खेलको १६औं मिनेटमा अन्सु फातीका प्रहारलाई युक्रेनका गोलरक्षक जर्ज बुस्चनले बचाए । लगत्तै फातीकै कर्नरमा रोड्रीको हेडरले पोस्टको दिशा लिएन ।३६औं मिनेटमा युक्रेनले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता गरेन ।

दोस्रो हाफको शुरुमै युक्रेनले गोल गर्ने सुवर्ण अवर खेर फाल्यो । सेरही सेडोरचुकको पासमा ओलेक्सान्डर जुवकोभ अफसाइड ठहरिए । ७३औं मिनेटमा फेरान टोरेसको पासमा मिकेल ओयरजावलको प्रहारलाई गोलरक्ष् बुस्चनले बचाए । लगत्तै टोरेसले गाह्रो अवस्थाबाट गरेको प्रहारमा बुस्चन नै बाधक बन्दा स्पेन अग्रता लिनबाट चुक्यो ।
७६औं मिनेटमा सब्सिच्युट खेलाडी भिक्टोर टीसीगान्कोभले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले एन्ड्री यार्मोेलेन्कोको पासलाई नियन्त्रणमा लिदै गोलरक्षक डेभिड हे गेया अघि बढेको अवस्थामा गरेको प्रहार गोलमा परिणत भएको थियो । भिक्टोर ६५औं मिनेटमा ओलक्सान्डरको स्थानमा मैदान छिरेका थिए ।
८१औं मिनेटमा भिटाली माइकोलेन्कोले एडमा ट्राओरेको पासमा ड्यानियल ओल्मोले गरेको प्रहारलाई उत्कृष्ट ब्लक गर्दै स्पेनको बराबरी टारे ।

युक्रेनसँगको हापछि पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलबाट ७ अंक रहेको छ । समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक भएपनि जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]