5 years ago
October 14, 2020
एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनी हारबाट जोगिएको छ । घरेलु मैदानमा जर्मनीले खेलमा दुई पटक पछि परेपनि स्वीट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक लिन सफल भएको हो ।

कोल्नमा मंगलबार राति भएको खेलमा जर्मनीका टिमो वेर्नर, काई हार्भटज र सर्ज जिनाब्रीले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभारानोभिकले दुई गोल गर्दा रेमो फ्रिउलेरले एक गोल थपे ।
खेलको पाँचौ मिनेटमा नै मारियो गाभारानोभिकले गोलबाट घरेलु टोली जर्मनी पछि परेको थियो ।
जद्रान शाकिरीको कर्नरलाई जर्मनीका डिफेन्डरले हेडमार्फत क्लियर गरेको बललाई रेमो फ्रिउलेरको हेडरमार्फत दिएको पासमा उनले हेडरमार्फत नै गोल गर्न सफल भएका थिए ।
२७औं मिनेटमा रेमो फ्रिउलेरले गोल गरेपछि जर्मनी खेलमा २–० ले पछि परेको थियो । हरिस सेफेरोभिकको पासमा गोलरक्षक म्यानुयल नोएर अघि बढेको अवस्थामा रेमोको चिप प्रहारलाई एन्टेनियो रुडिगरले बचाउने प्रयास गरेपनि सफल भएन ।

त्यसको दुई मिनेट पछि नै टिमो वेर्नरले गोल गर्दै जर्मनलिाई २–१ को अवस्थामा ल्याए । म्यानुयल नोएरको लामो पासलाई स्वीट्जरल्यान्डका डिफेन्डर फावियन स्चरले नियन्त्रण लिन नसक्दा काई हार्भटजले मिलाईदिएको पासमा वेर्नर एक्लैले बल अघि बढाउदै गरेको फितलो प्रहार गोलमा परिणत हुदा पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो ।
४९औं मिनेटमा र्काहाभर्टजको प्रहार पोस्टमा लागेर फर्कदा जर्मनी बराबरीबाट चुक्यो । ५५औं मिनेटमा काई हार्भटजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले स्वीट्जरल्यान्डको कमजोर पासको फाइदा उठाउदै गोल गर्न सफल भएका थिए ।
तर, त्यसको दुई मिनेटपछि नै मारियो गाभारानोभिकले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले खेलमा ३–२ को अग्रता लिन सफल भयो । हरिस सेफेरोभिकको प्रहारलाई जर्मनीका गोलरक्षक नोएरले दोहोरो बचाउ गरेपनि रिवाउन्डमा गाभारानोभिकले गोल गर्न सफल भएका थिए ।
६०औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । टिमो वेर्नरको पासमा जिनाब्रीको फ्लिक गोलमा परिणत भएको थियो । ८१औं मिनेटमा जिनाब्री चुक्दा जर्मनी अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयमा फावियन स्चर दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा समेटियो ।
यो बराबरीसँगै जर्मनी चार खेलबा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको स्वीट्जरल्यान्ड पुछारमा रहँदा ७ अंकसहित स्पेन शीर्षस्थानमा छ । ६ अंक नै रहेको युक्रेन तेस्रो स्थानमा छ ।
अन्य नतिजा
लिग ‘ए’ ४
युक्रेनविरुद्ध स्पेन (१–०)
लिग ‘सी’ १
अजरवैजानविरुद्ध साइप्रस (०–०), मोन्टेनग्रोविरुद्ध लक्जेमवर्ग (१–२)
लिग ‘डी’ १
लात्भियाविरुद्ध माल्टा (०–१), फारोइ आइल्यान्डविरुद्ध एन्डोरा (२–०)
लिग ‘डी’ २
लिचेस्टाइनविरुद्ध सान मारिनो (०–०)
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]