default_image

5 years ago

October 14, 2020

अर्जेन्टिनाको लगातार दोस्रो जित

241 views

0 Bookmark

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकाल्दै विश्वकप छनोटमा लगातार दोस्रो सफलता हात पारेको हो ।

ला पाजमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गरे । घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वना बन्यो । खेलको २४औं मिनेटमा मार्सेलो मोरेनोले गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए ।

एलेजान्द्रो चुमासेरोको क्रसमा मार्सेले मोरेनोले हेडरमार्फत गोल गर्दा अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले प्रयास गरेपनि सफल हुन सकेन । ४२औं मिनेटमा लियान्द्रो ड्यानियल पारेडेसको प्रहार पोस्टमा लागेर बाहिरिदा अर्जेन्टिना बराबरीबाट चुक्यो ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले पालासियोसबाट आएको पासलाई अघि बढाउँदै गरेको क्रसलाई जोस कारास्कोले गरेको क्लियरेन्स मार्टिनेजलाई लाग्दै गोमा परिणत भएको थियो ।

७६औं मिनेटमा कप्तान लियोनेल मेस्सीको प्रहारलाई बोलिभियाका गोलरक्षक कार्लाेस लाम्पेले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनाको अग्रता टारे । ७९औं मिनेटमा जोआक्विन कोरेराले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

उनले लोउटारो मार्टिनेजको पासमा गरेको शक्तिशाली प्रहार लाम्पेले रोक्ने कुनै अवसर नै पाएनन् । त्यसपछि थप गोल निस्कन नसक्दा अर्जेन्टिना २–१ ले विजय हुन सफल भयो ।जितसँगै अर्जेन्टिनाको २ खेलबाट ६ अंक पुगेको छ । पराजित बोलिभियाले अंकको खाता खोल्न सकेको छैन ।

यस्तै अर्काे खेलमा लुइस सुआरेजले खेलको अन्त्यतिर पेनाल्टीमार्फत दुई गोल गरेपनि उरुग्वेले इक्वेडरसँग ४–२ को लज्जापद हार बेहोरेको छ । इक्वेडरको जितमा मिचेल इस्ट्राडाले दुई गोल गर्दा मोइसेस काइसेडो र गोन्जलो प्लाटाले गोल गरे ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.