5 years ago
October 14, 2020
एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो कोठामै सिमित भए । आइसोलेसनमा रहेका रोनाल्डोले टोलीका अन्य सदस्यले अभ्यास गर्दा बरन्डाबाट हेरेका थिए ।

पोर्चुगल टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएन । रोनाल्डोको अनुपस्थितिले स्विडेनविरुद्ध बुधबार हुने युइएफए नेसन्स कपमा पोर्चुगललाई असर पर्ने सम्भवना छ । युभेन्ट्सका ३५ वर्षे सुपर स्टारलाई कोरोना संक्रमण देखिए पनि लक्षण भने नरहेको बताइएको छ ।
रोनाल्डोले स्वास्थ्य सम्बन्धि मापदण्ड पुरा गर्ने क्रममा आफुलाई आइसोलेट गरेका छन् । त्यसको अर्थ उनी स्विडेनविरुद्धको खेलमा हुने छैनन् । यद्दपी रोनाल्डो मैदान फर्कन आतुर रहेको पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले बताएका छन् ।
‘रोनाल्डोले भनेका छन् । उनी खेल्न चाहन्छन् । कोभिड १९ का कारण कुनै खेलाडी खेल्न पाउँदै भने त्यो ठूलो घाटा हो,’ प्रशिक्षक सन्तोषले भने, ‘रोनाल्डोको अनुपस्थिति अन्य खेलाडीको भन्दा ठूलो घाटा हो । तर मलाई आशा छ जो खेल्न गइरहेका छन् उनीहरुले राम्रो गर्नेछन् ।’

रोनाल्डोको अनुपस्थितिमा पनि उस्तै योजनामा टोली उत्रने सान्तोषले बताए । ‘योजना उही नै हुनेछ । खाली केहि फरक पन हुनेछ । रोनाल्डोको आफ्नो विशेषता छ,’ उनले भने, ‘विश्वकै उत्कृष्ट खेलाडी विनाको टोली राम्रो हुन सक्दैन । तर पनि हाम्रो टोलीले आफ्नो जिम्मेवारीका साथ सामूहिक प्रदर्शन गरेको छ । मलाई आफ्ना खेलाडीमा पूरा विश्वास छ ।’
समूह एमा ७ अंकसहित पोर्चुगल शीर्षस्थानमा रहेको छ । समान अंक रहेको फ्रान्स र पोर्चुगलले गत साता गोलरहित बराबरी खेलेका थिए । अर्को खेलमा फ्रान्सले समूहको तेस्रो स्थानमा रहेको क्रोएसियाको सामना गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]