5 years ago
October 14, 2020
एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्ड र बेल्जियमले आज राति आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दैछ ।

इंग्ल्यान्डले घरेलु मैदानमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दा बेल्जियम आइसल्यान्ड भ्रमणमा निस्कनेछ । दुवै खेल राति १२ः३० बजे हुनेछ । इंग्ल्यान्ड डेनमार्कलाई पराजित गर्दै शीर्षस्थानमै रहने योजनामा रहँदा बेल्जियम पनि आइसल्यान्डमाथि जित निकाल्दै इंग्ल्यान्डमाथि दवाव बढाउने लक्ष्यमा हुनेछ ।
तीन चरणको खेल सकिदा इंग्ल्यान्ड ७ अंक जोडेर शीर्षस्थानमा रहँदा बेल्जियमको ६ अंक रहेको छ । डेनमार्कको ४ तथा आइसल्यान्डले खाता खोल्न सकेको छैन ।
युवा खेलाडीको बाहुल्यता रहेको इंग्ल्यान्डसँग डोमिनिक काल्भर्ट लेविन, मासन माउन्ट, मार्कुस रासफोर्ड, डिक्लन राइस, किरिएन ट्रिपिएर, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, ह्यारी मिगुएर, केल वाल्कर, एरिक डाएर, जोर्डन हेन्डरसन, केल्भिन फिलिप्स, ह्यारी केन, रिस जेम्स, जाडोन सान्चोसँगै गोलरक्षक जोर्डन पिकफोर्डको साथ रहेको छ ।
यता, डेनमार्कसँग युस्सुफ पलसेन, मार्टिन ब्रेथवेट, थोमस डिलाने, क्रिस्टियन इरिक्सन, एन्ड्रिएस क्रिस्टेन्सन, सिमोन केजाइर, ड्यानिल वास र गोलरक्षक कास्पर स्माइकेल रहेको छ । यि दुई टोली हालसम्म तीनपटक खेलेका छन् । दुई खेल इंग्ल्यान्डले आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।
यस्तै अर्काे खेलमा बेल्जियमसँग केभिन डि ब्रुयन, रोमेलु लुकाकु, ड्रिएस मेर्टिन्स, लियान्द्रो ट्रोससार्ड, टिमोथी कास्टाग्ने, एक्सेल विस्टेल, थोमस म्युनियर र गोलरक्षक सिमोन मिग्नोलेट छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]