default_image

9 years ago

September 24, 2016

थ्रीस्टारको समुह विजेता बन्ने लक्ष्य

123 views

0 Bookmark

गुवाहाटी
भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्र्तगत लिग चरणको अन्तिम खेलमा आईतबार नेपालको रुस्लान थ्रीस्टार र भारतीय आई लिग क्लब सिलोङ लाजोङबीच प्रतिस्पर्धा हुदैछ ।

Asim Jung Karki Three star club

समान ४ अंक जोड्दै दुवै टोली समुह ए को शिर्ष स्थानमा छन् । लिग चरणको अन्तिम खेलले समुह एको विजेता टोलीको टुङ्गो लाग्नेछ । खेल गुवाहाटीको नेहरु स्टेडियममा स्थानिय समय अनुसार साझ ७ बजे सूरु हुनेछ । सोही समुहमा रहेको ओयल इन्डिया दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । अंक विहिन बारक फुटबल क्लब तालिकाको पुछारमा छ । आईतबार अपरान्ह ४ बजे ओयल इन्डिया र बारकले पनि लिग चरणको आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

थ्रीस्टारले पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ ले हराएको थियो भने लिग चरणको आफ्नो दोस्रो खेलमा शुक्रबार ओयल इन्डिया फुटबल क्लबसंग १–१ गोलको बराबरी खेलेको थियो । सिलोङ लाजोङ उद्घाटन खेलमा ओयल इन्डियासंग १–१ गोलको बराबरीमा रोकिएपनि दोस्रो खेलमा बारक फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले समुह विजेताका रुपमा सेमिफाईनल प्रवेश गर्ने आफ्नो लक्ष्य रहेको बताउदै स्पष्ट जितका लागि सिलोङ लाजोङबिरुद्ध उत्रने बताएका छन् । ‘एक दिनको आराममा खेलाडी मैदानमा उत्रने हुदा पक्कै पनि थकित छौ तर प्रतिद्धन्द्ी बलियो भएकाले मेहनत गरेर समुह विजेताका रुपमा सेमिफाईनल प्रवेश प्रयास गर्नेछौ ।’ केसीले भने । थ्रीस्टारले शुक्रबार मात्र ओयल इन्डियाबिरुद्ध खेलेको थियो । एकदिनको बिश्रामपछि टोली सिलोङ लाजोङ विरुद्ध उत्रन लागेको छ । प्रशिक्षक केसीले भने ‘लिग चरणको नतिजा हेर्दा प्रतिद्धन्द्ी क्लब पनि हामी जतिकै समान ४ अंक बनाएर शिर्ष स्थानमा छ, सिलोङलाई कमजोर आक्ने गल्ति हामीले गर्ने छैनौ ।’ उनले थपे ‘हाम्रो खेलको अगाडी हुने सोही समुहको अघिल्लो खेल पनि हेर्नेछौ, त्यस खेलले समिकरणमा पार्ने प्रभावलाई ध्यानमा राखेर सिलोङसंगको खेलको रणनीति तयार पार्नेछौ ।’
चोटका कारण प्रकाश बुढाथोकी र अघिल्लो खेलमा रातो कार्ड ब्यहोरेका विजय धिमाल आईतबारको खेलमा उपलब्ध हुने छैनन । थ्रीस्टार र सिलोङ लाजोङको खेल बराबरीमा सकिए दुवै टोली सेमिफाईनल पुग्नेछन् । तर बारकबिरुद्धको आईतबार हुने पहिलो खेलमा जित निकाले ओयल इन्डियाको पनि अन्तिम ४ मा स्थान पुग्ने सम्भावना कायमै रहनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.