9 years ago
October 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आगामी नोभेम्बर २ तारिखबीट सुरु हुने एएफसीको सोलिडारीटि कपको लागि राष्ट्रिय टोलीले विगत एक महिनायता प्रशिक्षण गरिरहेको छ।

हाल राष्ट्रिय टोलीको प्रशिक्षणलाई ३२ खेलाडीलाई बोलाइएपनि थ्रि स्टार क्लब गुहावटिमा रहेकाले पुरै टोली उपलब्ध हुन सकेको छैन। राष्ट्रिय टोलीको महत्वपूर्ण प्रतियोगिता नजिकिंदै गरेको अवस्थामा पनि क्लबसंग पुर्ण रुपमा अनुबन्धन नभएका खेलाडीहरुलाई प्रशिक्षण छोड्न स्विकृति दिनु उचित हैन।
प्रशिक्षणमा कम खेलाडी उपलब्ध गराइनु त छदैं छ, त्यसमाथि पनि भएका केहि खेलाडीहरु पनि फुटसलमा संलग्न भएको बुझिएको छ। राजधानिमा गतसाताबाट सुरु भएको फुटसल प्रिमिएर लिगमा राष्ट्रिय टोलीका कमल श्रेष्ठ, दिनेश राजवंशी लगाएतका खेलाडिहरुले सहभागिता जनाइरहेका छन्। राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका खेलाडीहरुले अनाधिकृत रुपमा फुटसलमा सहभागिता जनाउनु पक्कैपनि राम्रो हैन।
बेलैमा यस्तो कमी कमजोरीलाई नसच्याउने हो भने चोटका कारण खेलाडी गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना कायम छ। प्रशिक्षणमा रहेका खेलाडीहरुले अन्य ठाउँमा गएर खुलारुपमा खेल्दा टोलीकै प्रदर्शनमा पनि गिरावट आउन सक्छ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]