हाम्रो खेलकुद – स्पेनिश ला लिग अन्तर्गत आइतबार भएको खेलमा रियल म्याड्रिड ऐबार संग १-१ को बराबरीमा रोकिएको छ।
खेलमा हावी देखिएतापनि पाएको मौका सदुपयोग गर्न नसक्दा रियलले अंक बाढ्नुपरेको थियो। फ्रान रिकोको गोलले अगाडी बढेको ऐबारले ग्यारेथ बेलले १८औं मिनेटमा गोल गरेपछि थप गोल गर्न दिएन।
बराबरीसंगै रियलको ७ खेलमा १५ अंक भएको छ भने एट्लेटिको म्याड्रिड पनि उत्तिनै अंक बोकेर गोल भिन्नताको आधारमा रियल भन्दा माथि उक्लेको छ।
दुइ पेनाल्टी गोल गर्न चुकेपानी एट्लेटिकोले भ्यालेन्सियालाई २-० ले पराजित गरेको थियो एट्लेटिकोको जितमा एन्टोइन ग्रिज्मनले गोल गरेका थिए।