9 years ago
October 13, 2016
हाम्रो खेलकुद – विश्वकप २०१८ अन्तर्गत छनोट चरणको खेलहरुमा मेस्सीबिना खेलेको खेलमा अर्जेन्टिनाको प्रदर्शन खस्किदै गएको छ।

छनोट चरण अन्तर्गत अर्जेन्टिनाले खेलेको दश खेल मध्य मेस्सिले तिन खेल खेलेका छन्। मेस्सिले खेलेको तिनओटै खेलमा अर्जेन्टिनाले जित हात पर्न सफल भएको छ। मेस्सी नखेलेको बाँकी सात खेलमा भने एकमात्र जित हासिल गर्न सकेको छ।
अर्जेन्टिनाले छनोट चरणका दश खेलमा चार जित, चार हार र दुइ बराबरी गर्दै १६ अंक जोडेको छ। अंक तालिकामा पाँचौ स्थानमा रहेको अर्जेन्टिना शिर्ष स्थानमा रहेको ब्राजिलभन्दा २१ अंक जोडेको छ।
दक्षिण अमेरिकाको छनोट अन्तर्गत अंक तालिकामा शिर्ष चारमा रहनेले सिधै विश्वकप खेल्न पाउँछन् भने पाँचौ स्थानमा रहने टोलीले प्लेअफ खेल्नेछ। प्रत्येक टोलीले १८ खेल खेल्नेछन।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]