5 years ago
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) ले नेपाल डिस्टिलरिज प्रा लिगको खुकुरीलाई मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ ।

एनएसएलकी अध्यक्ष आश्रयता कार्की चौधरी र खुकुरीकी इभेन्ट म्यानेजर श्रीधा शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । वैशाख ११ गते देखि जेठ १ गते सम्म दशरथ रंगशालमा हुने एनएसएलको नाम यो सम्झौता पद्धि खुकरी एनएसएल रहने जानकारी गराइयो । यद्दपी सम्झौता रकम भने गोप्य राखिएको छ ।
ठूलो फुटबल प्रतियोगितामा साझेदार बन्ने अवसर मिल्दा खुसी लागेको बताइन् । उनले भनिन्, ‘कर्पोरेट सोसिएल रेस्पन्सिबिलिटी अन्तर्गत एनएसएलमा साझेदारी भएका हौं। एनएसएलकी चौधरीले खुकुरीलाई प्रायोजकका रुपमा पाउँदा खुसी लागेको बताइन् । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थापित कम्पनी फुटबलमा जोडिनु खेल विकासका लागि सकारात्मक भएको बताएका छन् ।
एनएसएलमा ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोली टोलीको तयारीमा जुट्ने क्रममा छन् । एनएसएलमा धनगढी एफसी, विराटनगर सिटी एफसी, काठमाडौै रेजर्स, बुटबल लुम्बिनी एफसी, चितवन एफसी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]