9 years ago
October 22, 2016
भ्यालेन्सिया बिरुद्ध २-२ को ड्र तर्फ ढकेलिदै गरेको बार्सिलोनाले अन्तिम मिनेटमा पेनाल्टी पाएपछी ला लिगा मा पुर्ण ३ अंक बटुल्न सफल भएको छ ।

२२ मिनेटमा मेस्सिको गोलले बार्सिलोनाले अग्रता लिएको थियो । लुइस स्वारेज अफ्साइड पोजिसनमा बारेर भ्यालेन्सियाको गोलकिपरलाई बाधा पुर्याएको भनेर भ्यालेन्सियाका खेलाडिहरुले अपिल गरे पनि बार्सिलोनाको अनुकुलतामा रेफ्रीले फैसला गरेका थिए ।
पहिलो हाल्फमा पछी परे पनि भ्यालेन्सियाले छोटो अवधिमा दुइ गोल गर्दै आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो । मुनिर अल हदादी को ५२ मिनेटको गोल र रोडृगोको ५६औ मिनेटको गोल ले भ्यालेन्सिया खेलमा फर्केको थियो ।
लुइस स्वारेजले त्यसको ६ मिनेटपछी गोल गर्दै खेल फेरी बराबरिमा पुर्याएका थिए । खेल अतिरिक्त समयमा हुँदा लुइस स्वारेज भ्यालेन्सियाको बक्समा लडेपछी पाएको पेनाल्टी मार्फत गोल गर्दै मेस्सिले बार्साको जित सुनिस्चित गरे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]