9 years ago
October 23, 2016
स्पेन (एजेन्सी)
रियल मड्रीडले ज्ञारेथ बेललाई नयाँ सम्झौता प्रस्ताव गर्दा उनलाई संसारको सबै भन्दा धेरै कमाउने खेलाडी बनाउने योजना अघी सारेको छ ।

बेलायती सन्चार द सनका अनुसार मड्रीडले २७ बर्षिय बेललाई थप ५ बर्ष अनुबन्ध गर्ने योजना बनाउदै छ । सन २०१९ मा सकिने सम्झौतामा थप ५ बर्ष थप्दै बेललाई बर्नबाउमा आफ्नो भविष्य समर्पित गराउन खोज्दै छ ।
नयाँ सम्झौतामा मड्रीडले बेललाई हप्तामा ७५०,५०० (१० करोड नेपाली रुपैया बराबर ) पाउण्ड दिने कुरा सनले जनाएको छ । हाल उनि हप्तामा ५२५,००० पाउण्ड (करिब ६ करोड नेपाली रुपैया ) कमाउछन ।
उक्त सम्झौता पछी स्पेनी कानुन अनुसार ५२ प्रतिसत ट्याक्स काटेपछी उनले बार्षिक २० मिलयन पाउण कमाउनेछन जुन मेस्सिको १८ मिलियन भन्दा धेरै हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]