4 years ago
July 11, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा इटाली र इंग्ल्यान्ड दुवैले सुरुवाती रोजाइको घोषणा गरेका छन् । इंग्ल्यान्डले सेमिफाइनलबाट एक परिवर्तन गर्दा इटालीमा भने कुनै परिवर्तन छैन ।

प्रशिक्षक ग्यारेथ साउथगेटले रणनीतिमा परिवर्तन गर्दै विंगर बुकायो साकाको स्थानमा डिफेन्डर काइरान ट्रीपिएरलाई पहिलो रोजाइमा उतारेका छन् । इंग्ल्यान्डले अघिल्लो खेलमा ४-२-३-१ को रणनीतिबाट परिवर्तन गर्दै ५-३-२ को पद्दतिमा उत्रनेछ । काइल वाल्कर राइट ब्याक बाट सेन्टर ब्याक खेल्नेछन् । इंग्ल्यान्डले जर्मनीविरुद्ध राउन्ड अफ १६ मा यसै रणनीतिमा खेलेको थियो ।
इटालीले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । सेमिफाइनलमा स्पेनको सामना गरेको पहिलो रोजाईले नै प्रशिक्षक रोबर्टो मान्सिनीको टोलीमा निरन्तरता पाएको छ । आक्रमणमा युवा फरवार्ड फेडेरिको किएजालाई चिरो इम्मोबिले र लोरेन्जो इन्सिग्न्नेले साथ दिनेछन् ।
इंग्ल्यान्ड (५-३-२)
जोर्डन पिकफर्ड : लुक शा, ह्यारी मगाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरन ट्रीपिएर : काल्भिन फिलिप्स, डेक्लन राइस, मेसन माउन्ट : ह्यारी केन, रहिम स्टर्लिङ
इटाली (४-३-३)
जियानलुइजी डोनारुम्मा : एमर्सन, जिओर्जियो किएलिनी, लिओनार्दो बोनुची, डी लोरेन्जो : निको बरेल्ला, जर्जिन्हो, मार्को भेराट्टी : फेडेरिको किएजा, चिरो इम्मोबिले, लोरेन्जो इन्सिगने
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]