4 years ago
July 15, 2021
एजेन्सी – चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले युरो २०२० को समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोल चुनिएको छ ।

यूईएफएले बुधबार सामाजिक संजालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट गोल चुनिएको जानकारी दिएको छ । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहारमा गोलरक्षक डेविड मार्शल बिट हुँदै गोल भएको थियो । उक्त गोलसँगै चेकले जित हासिल गर्दै समूह चरण पार गर्न सफल रहेको थियो ।
सिकको गोललाई फ्रान्सका पल पोग्बा र क्रोएसियाका लुका मोड्रीचको गोलले चुनौती दिएका थिए । पोग्बाले स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी क्षेत्र बाहिरबाट गरेको सानदार गोलले दोस्रो स्थान हासिल गर्यो । त्यस्तै स्कटल्यान्ड विरुद्ध नै मोड्रीचले गरेको गोल तेस्रो भयो ।
युरोमा ५ गोल र १ असिस्टका साथ क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका थिए । उनलाई समान ५ गोल गरेका सिकले दोस्रो स्थानमा पछ्याए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । स्पेनका पेड्रीले युवा खेलाडीको उपाधि जित्दा इंग्ल्यान्डका जोर्डन पिकफर्डले गोल्डेन ग्लोभ्स हात पारे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]