default_image

4 years ago

July 21, 2021

ओलम्पिकमा रोनाल्डो र मेस्सीको प्रदर्शन

207 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी आफ्नो पुस्ताका सर्वाधिक सफल खेलाडी हुन् । पछिल्ला डेढ दशक यता विश्व फुटबलमा सर्वाधिक चर्चामा यि दुई खेलाडी रहेका छन् ।

पोर्चुगलका कप्तान रोनाल्डो र अर्जेन्टिनाका कप्तान मेस्सीले व्यवसायिक खेल जीवनमा सबै उपाधि जितिसकेका छन् । देशका रोनाल्डोले युरोपियन च्याम्पियनसिप र मेस्सीले हालै मात्र कोपा अमेरिका जितेका थिए । मेस्सीले देशका लागि ओलम्पिकमा समेत स्वर्ण पदक जितेका थिए । सन् २००८ बेजिङ ओलम्पिकमा मेस्सी सम्मिलित टोली विजयी भएको थियो ।

तर रोनाल्डोले ओलम्पिक खेलेका छन् वा छैनन् भन्नेमा धेरैलाई स्मरण नहुन सक्छ । १९ वर्षको उमेरमा रोनाल्डोले पोर्चुगलबाट २००४ को एथेन्स ओलिम्पिक खेलेका थिए । तर उनको र टोलीका लागि प्रदर्शन भने स्मरणीय हुन सकेन ।

कस्तो थियो रोनाल्डोको प्रदर्शन ?

रोनाल्डो ओलम्पिक टोलीको हिस्सा रहेपनि एथेन्स ओलम्पिक पोर्चुगलको प्रदर्शन सन्तोषजनक रहेन । पोर्चुगल त्यो ओलम्पिकको समूह चरणबाटै बाहिरिएको थियो । इराक, कोस्टा रिका र मोरोक्को सम्मलित समूहको अन्तिममा रहदै पार्चुगलले ओलम्पिक यात्राको अन्त्य गरेको थियो । पोर्चुगललले ३ मध्ये एक मात्र खेलमा मोरोक्कोलाई २–१ ले हराएको थियो । उके खेलमा रोनाल्डोले प्रतियोगितामा एकमात्र व्यक्तिगत गोल गरेका थिए । पोर्चुगल कोस्टारिका र इराकसँग ४-२ ले पराजित भएको थियो  ।

ओलम्पिकमा मेस्सीको प्रदर्शन

बेजिङ ओलम्पिक खेल्दा मेस्सी २१ वर्षका थिए । अर्जेन्टिनाका लागि मेस्सीको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ओलम्पिक यू २३ टोलीले खेल्ने प्रतियोगिता हो । हुवा रोमन रिक्वेल्मीको कप्तानीमा अर्जेन्टिनाले ओलम्पिक खेलेको थियो ।

टोलीले ओलम्पिकमा कुनै पनि खेल नगुमाई च्याम्पियन बनेको थियो । त्यो क्रममा मेस्सीले २ गोल गरेका थिए । समूह चरणमा आइभरी कोष्टविरुद्ध गोल गरेका मेस्सीले दोस्रो गोल नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा गरेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.