default_image

4 years ago

July 21, 2021

ब्राजिल र नेदरल्यान्ड्सको सानदार सुरुवात

200 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले सानदार सुरुवात गरेका छन् । मियागी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।

ब्राजिलको फराकिलो जितमा कप्तान मार्टाले दुई तथा डेविन्हा, एन्ड्रिसा आल्भेस र वियट्रिजले समान एक गोल गरिन् । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । ३५ वर्षीय ब्राजिली मार्टा लगातार पाँचौ ओलम्पिकमा सहभागिता जनाउँदै गोल गर्ने पहिलो महिला खेलाडी बनिन् । यस्तै ब्राजिली फर्मिङ्गा सातौ ओलम्पिक खेल्ने पहिलो महिला खेलाडी बनिन् ।

यही समूह ‘एफ’ को अर्काे खेलमा नेदरल्यान्ड्सले जाम्वियामाथि १०–३ को फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्यान्ड्सको जितमा भिभिएनी मिडेमाले ह्याट्रिकसहित ४ गोल गरिन् । लिके मार्टिनले दुई तथा सानिस भान डि सान्डेन, जिल रुड, लिनेथ विरेन्सटेन र भिक्टोरिया पेलोभाले समान एक गोल गरिन् । जाम्वियाका बारब्रा बान्डाले ह्याट्रिक पुरा गरेपनि फराकिलो हार टार्न सकेनन् ।

यस्तै समूह ‘ई’ को खेलमा इंग्ल्यान्डले चिलीलाई २–० ले पराजित गरेको छ । बेलायतको जितमा दुवै गोल एलेन ह्वाइटले गरिन् । जापान र क्यानडाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । क्यानडाकी क्रिस्टिन सिन्क्लेइरले गोल गर्दा जापानकी माना इवाबुचीले बराबरी गोल फर्काइन् ।

समूह ‘जी’ मा स्वीडेनले बलियो अमेरिकालाई ३–० ले स्तब्ध पार्दा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । स्वीडेनको जितमा स्टिना ब्ल्याक्सटेनियसले २ तथा लिना हुर्टिगले एक गोल गरिन् । अष्ट्रेलियाकी तामेका यालोप र समान्थ केरले गोल गर्दा न्युजिल्यान्डकी गाब्रिल्ली रेन्नीले एक गोल फर्काइन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.